२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका –१६, स्थित डण्डा बजारमा अनुगमन गरिएको छ । कावासोती नगरपालिका मार्फत खाद्यान्न पसल, फलफूल पसल, मासु पसल लगायतको अनुगमन गरिएको अनुगमन संयोजक दिनेश भण्डारीले बताउनुभयो ।
पसलमा मूल्य सूची राखे नराखेको, पसल दर्ता तथा नवीकरण लगायतका कागजात भए नभएको, म्याद गुज्रिएका सामाग्री भए नभएको, सरसफाइमा ध्यान दिए नदिएको लगायतको अनुगमन गरिएको अनुगमन संयोजक भण्डारीले बताउनुभयो ।
कावासोती नगरपालिका नगर उप प्रमुख फूलकुमारी थनेत सहित जिल्ला प्रशासन, जिल्ला प्रहरी, उद्योग वाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण मञ्च लगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा आवश्यकता अनुसारको सचेत गराउने काम गरिएको संयोजक भण्डारीले बताउनुभयो ।
अनुगमनमा सहभागि नगर उप प्रमुख थनेतले अनुगमन पश्चात सबै उपभोक्ता समेत सचेत रहनुपर्ने बताउनुभयो । आफूले प्रयोग गर्ने वस्तुको मूल्य, म्याद सकिएको छ , छैन त्यसको यकिन गरि मात्र खरिद र उपभोग गर्नुपर्ने उप प्रमुख थनेतले बताउनुभयो । खाद्यान्न वस्तुको प्रयोगमा उपभोक्ता स्वयं सचेत हुन आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |