२०८१ श्रावण १२, शनिबार
काठमाण्डाै । केही समयअघि ह्वारह्वार्ती बढेको डेङ्गीको सङ्क्रमण अहिले घट्दो क्रममा छ । ‘डेङ्गी फैलाउने लामखुट्टे नष्ट गर’ अभियानसँगै नागरिक पनि सचेत हुन थालेकाले सङ्क्रमण केही घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार डेङ्गीको सङ्क्रमण सबैभन्दा धेरै फैलिएको चार जिल्ला सुनसरी, झापा, मोरङ र धादिङमा अहिले सङ्क्रमण फैलिने क्रम केही घटेको छ ।
‘यी जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । तर, केही दिन पहिलेको जस्तो अहिले सङ्क्रमण फैलिएको छैन’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले भन्नुभयो ।
उहाँका अनुसार अन्य जिल्लामा सङ्क्रमण स्थिर छ । सावधानी अपनाए डेङ्गीलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अझै दुई महिना डेङ्गीको जोखिम उच्च छ । डेङ्गी सङ्क्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्छ । लामखुट्टेको टोकाइबाट जोगिन सके डेङ्गीबाट बच्न सकिन्छ ।
डेङ्गी सार्ने लामखुट्टे सफा पानीमा बस्ने, सफा पानीमा आफ्नो अण्डा उत्पादन गर्ने अनि आफ्नो जीवनचक्र पूरा गर्ने भएको हुनाले घर वरिपरि, कार्यस्थलमा पानी जमेको छ भने त्यसलाई फाल्नु पर्ने डाक्टर दाहालको सुझाव छ ।
यस्तै, शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गरे पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । देशभर २४ हजार जनालाई डेङ्गीको सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ । यस वर्ष डेङ्गीका कारण १४ जनाको ज्यान गएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |