२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको बौदीकाली गाउँपालिकाले आरन सुधारका लागि सहयोग गरेको छ । गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई यसको सुधारका तथा प्रर्वद्धनका लागि विभिन्न सामाग्री सहयोग गरेको हो ।
गाउँपालिका भित्र रहेर परम्परागत रुपमा आरन व्यवसाय गर्दै आएका १६ जनालाई उनीहरूको पेशालाई थप व्यवस्थित बनाउन सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । आरन व्यवसाय सङ्कटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जिविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष ओझाले बताउनुभयो । ‘गाउँघरमा अझैपनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, सो पेशा व्यवस्थित बनाउँदै लैजाने, पेशानै सङ्कटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोही अनुसार सहयोग गरिएको हो ’ अध्यक्ष ओझाले भन्नुभयो ।
आरन सुधार कार्यक्रम अन्र्तगत विद्युतीय पंखा, गे्रडर, रेटि, प्लाएर, सुरक्षित पञ्जा, चश्मा लगायतका सामाग्री प्रदान गरिएको हो ।
परम्परागत सिपलाई प्रविधि मैत्री बनाउने उद्येश्यका साथ आधुनिक औजार सामाग्री हस्तान्तर गरिएको गाउँपालिका अध्यक्ष ओझाले बताउनुभयो । आधुनिक औजारले कम श्रममा बढि आम्दानी लिन साथै गुणस्तरिय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले आरन सुधारसँगै दलित प्रर्वद्धन तथा सशक्तीकरण कार्यक्रम मार्फत पालिका भित्र सिलाई कटाई गर्ने ३२ जनालाई सिलाई मेसिन सहित सिलाई सामाग्री हस्तान्तरण गरेको छ । यस्तै गरि जुत्ता चप्पल सिलाउने सामाग्री दुई जनालाई हस्तान्तरण गरिएको छ । सिलाई पेशा गर्दै आएकालाई सिलाई मेसिन सहित आइरन, कैँची, इन्टरलक मेसिन, झोला ज्याकेट सिलाउने मेसिन लगायतका सिलाई सामाग्री हस्तान्तर गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।
परम्परागत रुपमा आरन ,कपडा सिलाई तथा जुक्ता चप्पल सिलाईका पेशा गर्दै आएकाहरुलाई उत्प्रेरित गर्दै स्वरोजगारमूलक यस्ता खालका पेशालाई प्रर्वद्धन गर्न पालिकाले सहयोग गरेको अध्यक्ष ओझाले बताउनुभयो ।
पालिकाले आरान सुधार कार्यक्रम ल्याएर आफूहरूको पेशाको सम्मान तथा थप यो पेशालाई सुधार गर्न सहयोग गरेकोमा बौदीकाली –३, रकुवाका हुम बहादुर सुनारले खुसी व्यक्त गर्नुभयो । यसले आफ्नो पेशालाई थप व्यवस्थित बनाउन सहयोग पुगेको उहाँको भनाई छ ।
सामान्य आम्दानी हुने र आफूहरूले थप लगानी गरि सामाग्री खरिद गर्न समेत नसक्ने अवस्थामा पालिकाले जुत्ता चप्पल सिलाउने सामाग्री प्रदान गरेकोमा बौदीकाली –६ ,का लक्ष्मण सार्कीले पालिकालाई धन्यवाद दिनुभयो ।
गाउँपालिकाले दलित प्रवर्द्धन तथा सशक्तीकरण कार्यक्रममा विनियोजन गरेको रु. ६ लाख र आरन सुधार कार्यक्रमका लागि विनियोजन गरेको रु. ३ लाख ५० हजार गरि कुल रु. ९ लाख ५० हजारका विभिन्न सामाग्री खरिद गरि हस्तान्तरण गरेको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गरि सामाग्री हस्तान्तरण गरिएको हो । गाउँपालिकाको आयोजना तथा दलित उत्पीडित वर्ग उत्थान समिति बौदीकालीकोको समन्वयमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश ओझाको अध्यक्षता रहेको थियो । कार्यक्रममा अध्यक्ष ओझा सहित शिक्षा शाखा प्रमुख राम प्रसाद अधिकारी, दलित उत्पीडित बर्ग उत्थान समितिका अध्यक्ष गम बहादुर बिकले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन बालिघाट सामुदायिक स्वास्थ्य इकाइका प्रमुख बिर बहादुर बिसीले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |