२०८० मंसिर २०, बुधबार
कावासोती । कावासोती नगरपालिका वडा नं १३ को पिठौली आधारभूत विद्यालयमा बालबालिकाहरुलाई राम्रो र नराम्रो छुवाई, बालबालिकामाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम आज सम्पन्न गरिएको छ ।
कार्यक्रम कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलान स्विजरल्याण्डको सहयोग, कावासोती वडा नं १३ को कार्यालय, विद्यालय र नवलपुर किशोरी संजालको समन्वयमा गरिएको राधा बोटेले बताउनु भयो ।
कार्यक्रममा सहभागी बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार भनेको के होरु राम्रो छुवाई र नराम्रो छुवाई भनेको के होरु बालबालिका माथी हिंसा तथा दुर्व्यवहार कहाँ कहाँ, को बाट र कसरी हुन्छरु आफुलाई र साथीहरुलाई हिंसा तथा दुर्व्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाईन नम्बरहरु केके हुन् भन्ने बारेमा प्रस्तुतिकरण सहित तालिम सन्चालन गरिएको थियो ।
साथै सहभागी बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार कहाँ कसरी हुन्छ भन्ने सन्दर्भमा नमुनाको रुपमा अभ्यास मार्फत समेत सहजीकरण गरिएको अभियन्ता रेजिना घर्ती मगरले बताउनु भयो ।कार्यक्रम निकै नै फलदायी रहेको र बालबालिकाहरुले राम्रो छुवाई र नराम्रो छुवाईको साथमा हिंसा र दुर्व्यवहारको बारेमा बुझेका र यसले उनिहरुको सिकाईलाई राम्रो हुने बिधालयका सहायक प्रधानाध्यापक सिता पाण्डेले बताउनु भयो ।
पछिल्लो समय बालबालिकामाथि हुन सक्ने हिंसा, दुर्व्यवहारहरु बढेकोले यसरी सजग गराउन सस्थालाई समेत अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रमको सभाध्यक्ष विद्यालयको बाल क्लवका अध्यक्ष सलिना गाहा मगर, प्रमुख अतिथी विद्यालयका सहायक प्र।अ। सीता पाण्डे र अन्य शिक्षिकाहरु, बालक्लवका प्रतिनिधिहरु, विद्यालयमा अध्ययनरत बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
किशोरी अभियन्ता घर्तिमगरले सहजीकरण गर्नु भएको सो कार्यक्रममा ५० जना बालबालिका र शिक्षक र अन्यको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |