२०८० मंसिर २०, बुधबार
नवलपुर । असल छिमेकी नेपाल पोखराले, विभिन्न दातृनिकायको सहयोग तथा स्थानिय सरकारको समन्वयमा सञ्चालन गरेको, यूवा लक्षित सीप विकास र क्षमता अभिवृद्धि परियोजना सम्पन्न गरेको छ ।
असल छिमेकी नेपाल पोखराले , कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा परियोजना सञ्चालन गरेको थियो । जस अन्तरगत ६० जनालाई बेसिक पलम्बीङ्ग, बेसिक हाउस वायरिङ्ग , २० जनालाई व्यसायकिक कुकिङ्ग , र १५ जनालाई मोवाइल रिपेयरिङ्गत गरी जम्मा १५५ जनालाई तालिम प्रदान गरिएको असल छिमेकी नेपालका कार्यक्रम अधिकृत पुरन सोती मगरले बताउनुभयो ।
संस्थाले तालिम सँगै प्रस्तावना लेखन र उद्यमशीलता विकास तालिम, तालिमसँग सम्बन्धित आधारभूत सामाग्रीहरुको वितरण र राष्ट्रिय सीप परिक्षण समितिबाट तह एकको परिक्षा सञ्चालन समेत गरिएको कार्यक्रम अधिकृत सोतीले बताउनुभयो । तालिम पछि नयाँ उद्यम गर्ने १५ जनालाई व्यवसाय दर्ताको प्रक्रिया मार्फत व्यवसाय प्रारभ्भ गरेकाहरुलाई विउँ पुजी प्रदान पनि गरिएको छ ।
तालिम सम्पन्न गरेका सहभागी मध्ये ५० प्रतिशतलाई सिकेको सीप प्रयोग गरी रोजगार वा व्यवसाय गराउने लक्ष्य अनुसार तालिम सकेका सवै सहभागिहरुलाई हरेक महिना छलफल बैठक, अनुगमन तथा मेन्टोरिङ कार्यलाई निरन्तरता दिएको थियो । एक वर्षे परियोजनाको अन्त्यमा अन्तवार्ता तथा कार्यक्षेत्रको अनुगमन मार्फत गरिएको प्रभाव मुल्याड्ढनको तथ्याड्ढ अनुसार ६८ प्रतिशत सहभागिले रोजगार वा व्यवसाय गरेका छन । रोजगार वा व्यवसायमा सम्लग्न भएकाहरु मध्ये ५८ प्रतिशत सहभागिको आर्थिक वृद्धि ३१ प्रतिशत भन्दा बढी रहेको छ । असल छिमेकी नेपाल पोखरेली खीष्ट्रिय समुदायको सामाजिक पहलको रुपमा स्थापना भएको संस्था हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |