२०८० मंसिर १६, शनिबार
नवलपुर । अविरल वर्षासँगै खसेको पहिराले नवलपुर स्थित कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका –१, स्थित मोचडाँडा र वडा नम्बर ६ मा पर्ने कौडेको भिर भन्ने स्थानमा खसेको पहिराको कारण कालिगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलले बताउनुभयो ।
पहिराले करिडोर अवरुद्ध भएसँगै यस खण्डमा यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । १९ घण्टा देखि यस खण्ड पहिराको कारण अवरुद्ध भएको हो । पानी परको समयमा पहिरो पन्छाउन समस्या भएकाले तत्काल यो खण्ड सुचारु हुने सम्भावना कम रहेको छ ।
कालिगण्डकी करिडोर अन्र्तगत नै गैँडाकोट –३, तरंखोलामा पानीको बहाव बढेर यातायात वारपार हुन नसकेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । कालिगण्डकी करिडोर अवरुद्ध हुँदा नवलपुरका पहाडी क्षेत्र सहित ,यस खण्ड भएर पाल्पा, तनहुँ, स्याङ्जाका लागि छुट्ने कुनैपनि यातायात सञ्चालन हुन सकेका छैनन् ।
जिल्लाको दलदले –बुलिङटार सडक खण्ड समेत पहिराको कारण अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षासँगै बुलिङटार –४, अर्खलामा खसेको पहिराको कारण पूर्ण रुपमा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले नवलपुर प्रेसलाई बताउनुभयो । पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |