२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले नगर भित्रका केही पाउरोटी उद्योगमा अनुगमन गरेको छ । नगर भित्र संचालन रहेका उद्योग अनुगमन गर्ने क्रममा उत्पादन स्थलको सरसफाई दयनिय पाइएको छ । उपभोक्ताले सिधै उपभोग गर्ने बस्तुको उत्पादन स्थलमा फोहोर, उत्पादन गर्ने साँचोमा खिया लागेको, झिँगा ,दुर्गन्ध , कामदारहरुले सरसपफाईमा ध्यान नदिएको पाइएको छ ।
पाउरोटी तथा बेकरी जन्य उत्पादनको अनुगमन गर्ने क्रममा उत्पादन स्थलको अवस्था निक्कै दयनिय रहेको पाइएको बजार अनुगमन संयोजक मिन लामाले बताउनुभयो । साथै दर्ता नभएको, नविकरण नगरेको ,उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएको लगायतको भेटिएपछि दुई वटा पाउरोर्टी उद्योगको उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो । सरसफाईमा ध्यान नदिएको पाइएपछि पाँच दिन सम्मका लागि उत्पादन बन्दा गरिएको उहाँले बताउनुभयो ।
कावासोतीमा रहेको लालिगुँरास पाउरोटी उद्योग, रुवी पाउरोटी उद्योग, केएफसी बेकरी, कमल पाउरोटी उद्योग र अनिल पाउरोटी उद्योगको अनुगमन गरिएको थियो । जस मध्य दुई उद्योगको उत्पादन पाँच दिनका लागि बन्द गरिएको छ ।
कावासोती नगरपालिकाको बजार अनुगमन शाखाले गरेको अनुगमनमा जिल्ला प्रशासन, पर्यटन तथा घरेलु उद्योग, उपभोक्ता हकहित संरक्षण मञ्ज, उद्योग वाणिज्य संघ ,जिल्ला प्रहरी लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा पकाउन तयारी अवस्थामा रहेको १ सय ५० केजी मैदा, तयारी अवस्थाका उत्पादन २ सय ६ टे«, लेवल नलगाएको, म्याद गुजे्रको विष्कुट, पाउरोटी २ सय ९८ प्याकेट, ६ बोरो विभिन्न उत्पादन बरामद गरिएको संयोजक लामाले बताउनुभयो ।
नगरपालिकाले केहि दिन देखि नियमित रुपमा बेकरी तथा पाउरोटी उद्योगहरुको अनुगमन जारी राखेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |