२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा खोलामा पौडी खेल्ने क्रममा एक जना बालक वेपत्ता भएका छन् । जिल्लाको कावासोती नगरपालिका ७ ,रामनगर टोलका १० वर्षीय बालक अप्सन अधिकारी बाडखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् । शनिबार साँझ पौडी खेल्ने क्रममा उनि बेपत्ता भएका हुन् । शनिबार साँझदेखी बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको छ । साथीहरुसँग पौडी खेल्न गएका उनिलाई खोलाले बगाएको हो ।
घरदेखि ५ सय मिटरको दुरीमा रहेको बाडखोलमा पौडी खेल्ने क्रममा बालक बेपत्ता भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |