२०८१ श्रावण १२, शनिबार
दुम्किबास । नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ७३ कराेड ४० लाख ७ हजारकाे बजेट ल्याएको छ। आइतबार गाउँसभाकाे १३ओैँ अधिवेशनकाे दाेस्राे बैठकमा गाउँपालिका उपाध्यक्ष भगवती बैदवार क्षेत्रीले पुजीगत तर्फ २८ कराेड ७५ लाख कुल बजेटको ३९.१७ प्रतिशत र चालु तर्फ ४४ करोड ६५ लाख ७ हजार कुल बजेटको ६०.८३ प्रतिशत गरि कुल ७३ कराेड ४० लाख ७ हजार बजेट पेस गर्नुभएको हाे ।
प्रस्तुत बजेटले आर्थिक विकास,सामाजिक विकास ,स्वास्थ ,शिक्षा , कृषि ,पशुपालन , खानेपानी तथा सरसफाइ ,सामाजिक विकास ,पूर्वाधार विकास सहित सुशासनका क्षेत्रलाई सम्बाेधन गरेको उपाध्यक्ष बैदवार क्षेत्रीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरिकाे अध्यक्षतामा संचालित अधिवेशनमा उपस्थिति सभासदस्यहरु आफ्नो जिज्ञासा तथा सुझाव पेस गरेका थिए। आएका सुझाव र जिज्ञासाकाे सम्बाेधन गर्दै अध्यक्ष गिरीले बजेट पासका लागि सभा समक्ष पेस गर्नुभएकोमा सभाले सर्वसम्मत रुपमा आगामी आर्थिक वर्षकाे बजेट पास गरेको छ।
सभामा आर्थिक ऐन, नगर प्रहरी ऐन र न्यायिक समितिकाे प्रतिवेदन २०७९ स्वीकृतका लागि पेस भएकोमा सर्वसम्मत रुपमा पास गरेको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |