२०८१ श्रावण १२, शनिबार
नवलपुर । गण्डकी प्रदेश स्तरीय महिला फुटबलको उपाधी नवलपुरले उचालेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जेठ २३ गतेदेखी जारी प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा स्याङ्जालाई पराजित गर्दै नवलपुरले उपाधी उचालेको हो ।
फाइनल खेलमा स्याङ्जालाई नवलपुरले ५ ÷१ गोल अन्तरले पराजित गरेको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले बताउनुभयो । २३ गते देखि कावासोतीको सरस्वती मावीको खेल मैदानमा जारी प्रतियोगिताको आज फाइल प्रतिस्पर्धा भएको हो ।
विजेत हुँदै नवलपुरले रु. ५० हजार प्राप्त गरको छ । उप विजेता स्याङ्जाले रु.३० हजार प्राप्त गरेको छ । विजेता ,उप विजेता सहित उत्कृष्ट खेलाडी ,गोल रक्षकलाई पुरस्कार सहित मेडल प्रदान गरिएको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा नवलपुर ,स्याङ्जा ,तनहुँ ,लमजुङ र गोर्खा ५ जिल्लाको सहभागीता रहेको थियो ।
महिला फुटलब खेललाई प्रोत्साहन गर्न र महिला फुटलबको विकासका लागि प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष पुनले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |