२०८० मंसिर १५, शुक्रबार
कावासोती । कृषि जैविक विविधता संरक्षणका लागि असल कृषि अभ्यास तालिम कावासोती सुरु भएको छ । कावासोती नगरपालिकाको सभाहलमा आजदेखि सुरु भएको तालिम तीन दिन सम्म सञ्चालन हुने छ ।
तालिमको आज कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै नगरप्रमुख भुसालले खाद्य सुरक्षाका लागि समेत कृषिमा जैविक विविधता आवश्यक रहेको बताउनुभयो । रैथाने वालीहरू लोप हुँदै जाँदा खाद्यान्न आयातमा वृद्धि भएको बताउनुभयो । ५० वर्षअघि खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आयातमा निर्भर हुनुपरेको बताउँदै कृषि जैविक विविधताको संरक्षण गर्नु थप आवश्यकता रहेको बताउनुभयो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले व्यापार घाटा घटाउन, कृषि उत्पादन बढाउन, खाद्य सुरक्षा ,गरिबी निवारण लगायतका विभिन्न आयामसँग कृषि जैविक विविधताको विषय जोडिएको बताउनुभयो । परम्परागत कृषि प्रणालीको प्रर्वद्धन, उत्पादकत्व वृद्धिगर्ने लगायतका विषय तालिममा सिकेर भोलिका दिनमा सोही अनुसार कृषि प्रणाली अपनाउन सहभागीलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा कृषि शाखा प्रमुख शिव नारायण कुमालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
जलवायु परिवर्तनका कारण कृषि उत्पादन प्रणालीमा परेको असर रोकथाम, उन्नत खेती प्रविधिले हराउँदै गएका विभिन्न रैथाने कृषि बालिको संरक्षण, जैविक विविधताको ह्रासलाई रोक्दै कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पुर्याउने कृषकहरूलाई सचेत गराउनु तालिमको प्रमुख उद्देश्य रहेको शाखा प्रमुख कुमालले बताउनुभयो ।
तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन कृषि शाखाका कर्मचारीले गर्नुभएको थियो । तालिममा विभिन्न वडाका कृषक , कृषि प्राविधिक अध्ययनरत विद्यार्थी लगायतको सहभागिता रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |