२०८१ श्रावण १२, शनिबार
कावासोती । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरका प्रमुख सहितको टोलीसँग कावासोती खानेपानीका विषयमा छलफल भएको छ । आयोजना प्रमुख चोक प्रसाद धिताल सहितका कार्यालयका कर्मचारी र कावासोती खानेपानीका अध्यक्ष दिपकराज लम्साल सहित समितिका सदस्यहरू बिच छलफल भएको हो ।
आज कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आयोजना प्रमुखसँग कावासोती खानेपानीका आगामी योजनाका विषयमा छलफल भएको सचिव ज्ञानेन्द्र न्यौपानेले बताउनुभयो । आयोजना प्रमुख सहितको टोलीले खानेपानी गुणस्तर आयोजनाको अनुगमन समेत गरेको छ ।
हालैमात्रै आयोजना प्रमुखका रुपमा प्रदेश आउनुभएका प्रसाद धिताललाई यस कावासोती खानेपानीका अध्यक्ष दिपकराज लम्सालले स्वागत सहित कार्यकाल सफलताको कामना गर्नुभएको थियो । अध्यक्ष लम्सालले छलफलका क्रममा कावासोती खानेपानीको अवस्था, आगामी योजनाका विषयमा आयोजना प्रमुख सहितको टोलीलाई जानकारी प्रदान गर्नुभएको थियो । सो क्रममा अध्यक्ष लम्सालले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले कावासोती खानेपानीका आगामी योजना कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरि सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । उहाँले संघीय खानेपानीसँग को साझेदारीमा कार्यक्रम गर्न संस्था तयार रहेको समेत बताउनुभएको थियो ।
छलफलका क्रममा आयोजना प्रमुख चोक प्रसाद धितालले संघीय खानेपानीका तर्फबाट गर्न सकिने कामका विषयमा आफू सकारात्मक रहेको बताउनु भएको थियो । आगामी दिनको कार्यक्रम र बजेटमा आवश्यकता र उपलब्धता हेरी कावासोती खानेपानीलाई थप विकासका लागि के के गर्न सकिन्छ सोही अनुसार काम गर्न संघीय खानेपानीका तर्फबाट पहल गर्ने उहाँले बताउनुभयो ।
छलफल कार्यक्रममा संघीय खानेपानीका इन्जिनियर सागर बस्याल र मोहन पोख्रेल सहित कावासोती खानेपानीका उपाध्यक्ष विन्दु ढकाल, सचिव ज्ञानेन्द्र न्यौपाने, कोषाध्यक्ष प्रकाश भण्डारी, लेखा समिति संयोजक दिपेन्द्र न्यौपाने सहित कार्यासमितिका सदस्यहरू, लेखा समितिका सदस्य, कार्यालयका कर्मचारी, खानेपानी सुरक्षा योजना टोलीका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
सोही क्रममा कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसाले समेत आयोजना प्रमुखसँग भेट गर्नुभएको थियो । नगर प्रमुख भुसालले कावासोती खानेपानी संस्था स्थापना र आयोजना सञ्चालनको सुरुवाती दिनमा हालका आयोजना प्रमुख चोकप्रसाद धितालको सहयोगको स्मरण गर्दै आगामी दिनमा समेत कावासोती खानेपानीको थप विकासमा सहयोग रहने अपेक्षा गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |