२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी –बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित नारायणी नदिमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –२, नन्दपुर स्थित नारायणी नदिमा डुबेर मध्यविन्दु –२, कोल्हुवाका करिब ५५ वर्षीय सोम बहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीय बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा न्युरोको साग टिप्न जाँदा नदी तर्ने क्रममा उनिहरुलाई नदिले बगाएको थियो ।
आइतबार बेलुका नदिले बगाएर बेपत्ता भएकादुवै जनालाई राति मृत अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो । मृतक दुवैजनाको शव अहिले मध्यविन्दु जिल्ला अस्पतालमा रहेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |