२०८१ श्रावण १२, शनिबार
नवलपुर ।बौदिकाली गाउँपालिकाको आयोजनामा २ दिने `वृहत शैक्षिक अन्तरक्रिया एवम् छलफल कार्यक्रम´ सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन बौदिकाली गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्ष साथै शिक्षाप्रेमि र शिक्षकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
पहिलो दिन शैक्षिक व्यक्तित्व प्रा.डा. विद्यानाथ कोइराला तथा उप प्रा.डा. शेषकान्त पङ्गेनीले बौदिकालीको वर्तमान शैक्षिक स्थिति , समस्या र समाधानका उपायहरूको बारेमा प्रकाश पार्नुभयो । सरकारले शिक्षक विद्यार्थी पढाउनका लागि भर्ति गरेको बताउदै कोइरालाले यो वा त्यो वाहानामा नपढाउने छुट शिक्षकलाई हुँदै नभएको बताउनुभयो । वर्तमान विद्यार्थी प्रविधिमा धेरै नै अगाडि पुगिसकेको वताउदै उहाँले शिक्षकहरू विद्यार्थी सँगै अपग्रेड हुनुपर्ने र अपग्रेड हुन नसक्ने शिक्षकले मार्ग प्रशस्त गरिदिनुपर्ने वताउनुभयो ।
विद्यालयमा शिक्षाको गुणस्तर राम्रो नभएको कुरामा उहाँले गुणस्तर कायम गर्न आवश्यकताको आधारमा विद्यालय मर्ज गर्नुपर्ने कुरामा जोडदिनुभयो साथै नेतृत्वमा परिवर्तन नआउँदा पनि शैक्षिक स्तरमा सुधार नआउने बताउदै कसैको लामो समयसम्म विद्यालयको नेतृत्वमा वस्ने चाहानाले धेरै विद्यार्थीको भविष्य अन्धकार पार्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।
बौदिकाली गाउँपालिकाको माटोमा जन्मेका शिक्षाविद् उप प्रा.डा. शेषकान्त पङ्गेनीले विद्यार्थीको शैक्षिक स्तर माथि उठ्न नसक्नुमा अभिभावक तथा विद्यार्थीलाई मात्र लाई दोष दिएर कोहि उम्कने छुट नभएको बताउदै शिक्षक, विद्यार्थी तथा अभिभावकमा सिक्ने हुटहुटि भयो भने शेैक्षिक स्तर बढाउन यसले ठूलो सहयोग पुग्ने कुरा अन्तरक्रियामा बताउनु भयो ।
कार्यक्रमको दोस्रो दिन विहान डेढगाउँ मा वि मा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू विचमा कार्यक्रम भएको हो । कार्यक्रममा सम्पुर्ण सरोकारवालाहरू विच सम्पूर्ण पक्षहरूविचको कमजोरी, बदमासीको वारेमा उठेका आवाजमा प्राध्यापकले समाधानको उपायको वारेमा आफ्ना धारणा प्रस्ट्याउनुभयो ।
त्यस्तै दोस्रो दिनको दिवासत्रमा सम्पुर्ण जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका प्रतिनिधि, शिक्षा समितिका सदस्यहरू तथा शिक्षाप्रेमिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सहभागीहरूद्वारा शिक्षा सुधारका वारेमा प्रश्न उठाउदै जिन्दगी भरि एउटै विद्यालयमा अध्यापन गर्ने परिपाटी हटाउन गाउँपालिका लाग्नुपर्ने बताउनुभयो, शिक्षकको आन्तरिक सरूवाको अधिकार पालिकामा रहने कुरामा प्रश्न उठाउदै अहिलेपनि नेतृत्वले नेतृत्व परिवर्तन तथा शिक्षकको आन्तरिक सरूवा गर्न नसक्ने हो भने शिक्षाको गुणस्तर माथि नजाने भएकाले नेतृत्वले खुट्टा नकमाउन सहभागीहरूले ध्यानाकर्षण गराउनुभयो ।
बौदिकाली गाउँपालीका शैक्षिक स्तर माथि उठाउन हरसम्भव प्रयास गरिरहेको बताउदै समग्र शैक्षिक स्तर वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । गाउँपालिकाको शैक्षिक स्तर ज्यादै खस्किएको अवस्थामा शैक्षिक स्तर माथि उठाउनको लागि गाउँपालिकाले शिक्षा विज्ञहरूलाई पालिकामा आमन्त्रण गरेको हो । शिक्षाविद्हरूको अनुभव तथा उहाँहरूको ज्ञानको प्रयोग गरि बौदिकालीको शैक्षिक स्तर उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले विज्ञ भित्र्याउने कार्यक्रम अन्तर्गत शैक्षिक व्यक्तित्व प्रा. डा. विद्यानाथ कोइराला र उप प्रा.डा. शेषकान्त पङ्गेनीलाई बौदिकालीमा भित्र्याएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |