२०८० मंसिर २४, आईतबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरका स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारीलाई कानूनी तालिम प्रदान गरिएको छ । जिल्लामा रहेको आठवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूका लागि दुई दिन सम्म कानूनी तालिम प्रदान गरिएको हो ।
मानव अधिकारीका लागि जनमञ्ज –पिपुल फोरम) र रिड नेपालको आयोजना, जिल्ला समन्वय समिति नवलपुर र अग्यौली सामुदायिक स्रोत पुस्तकालयको समन्व्य र आइरेक्स र रिड ग्लोबलको सहयोगमा कानूनी तालिम प्रदान गरिएको हो । जिल्लाको सितारा रिसोर्ट नन्दपुरमा भएको तालिममा कानूनको परिचय, न्यायिक समितिका क्षेत्राधिकार, न्यायिक समितिको न्यायिक अधिकार का विषयमा सहभागीलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिमका क्रममा वैदेशिक रोजगारको अवस्था, समसामयिक नीतिहरू ,वैदेशिक रोजगारका चुनौतीहरूका ,वैदेशिक रोजगार ऐन, आप्रवासी कामदारहरूको अधिकार, वैदेशिक रोजगार ऐनमा रहेको कानूनी उपचारको व्यवस्थाका विषयमा समेत जानकारी गराइएको थियो ।
यसैगरी न्यायिक समितिको मुद्दामा निर्णय गर्ने प्रक्रिया तथा मेलमिलापको प्रक्रिया, निर्णयकर्ता र मेलमिलापकर्ताले ध्यान दिनुपर्ने कुराहरू लगायतका विषयमा समेत तालिममा जानकारी प्रदान गरिएको थियो । अधिवक्ता सोम प्रसाद लुइटेल, कृष्ण न्यौपाने, पुरुषोतम प्रजापति, कृष्ण प्रसाद न्यौपाने लगायतले दुई दिने तालिममा न्यायिक समिति र बैदेशिक रोजगारका विविधि विषयमा सहजिकरण गर्नुभएको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले कानून सबैका लागि समान हुनुपर्ने बताउनुभयो । कानुनमा सबैको समान पहुँच हुने अवस्था निर्माण गर्नुपर्ने बताउनुभयो । पहुँचमा भएकाको आफ्नो अनकुल र पहुँच नहुनेले अन्यायमा पर्दापनि उचित न्याय पाउने नसक्ने अवस्था देखिन नहुने प्रमुख विश्वकर्माले बताउनुभयो । उहाँले न्याय प्रणालीमा समानता हुनुपर्ने बताउनुभयो ।
स्थानीय तहमा रहेका न्यायिक समितिलाई सक्षम बनाउन तालिमको आयोजना गरिएको आयोजकलाई धन्यवाद समेत प्रदान गर्नुभयो ।
तालिमका सहजकर्ता अधिवक्ता सोमप्रसाद लुईटेलले आवश्यक कानूनी तालिम प्रदान नगरी सरकारले स्थानीय तहका न्यायिक समितिलाई काम गर्न लगाएको बताउनुभयो । ‘पर्याप्त कानुनी तालिम प्रदान गर्नुपर्ने थियो, त्यसो हुन सकेको छैन्, यहाँ पौडी खेल्न नआउनेलाई लाइफ ज्याकेट पनि नदिएर समुद्रमा माछा मारेर ल्याउ भनेजस्तो भएको छ’ अधिवक्ता लुईटेलले भन्नुभयो । दुईदिन सम्म भएको तालिममले न्यायिक निरुपणमा केही सहयोग पुग्ने विश्वास उहाँले गर्नुभयो ।
तालिमको समापन सत्रमा देवचुली नगर उप प्रमुख पार्वता तिवारी, कावासोती नगर उप प्रमुख फूलकुमारी थनेत, मध्यविन्दु उप प्रम फूलकुमारी चौधरी, गैंडाकोट उपप्रमुख शान्ति कोइराला, द्रोणवन सन्यासी लगायतले आफ्नो भनाई राखेका थिए । सो क्रममा उनीहरूले न्यायिक समिति मार्फत काम गर्दा विविध खालका समस्याहरू आउने गरेको बताएका थिए । कानूनकै क्षेत्रबाट नआएको हुँदा केही जटिलता हुने गरेको भएपनि न्यायिक समितिको दायित्व र क्षेत्राधिकारलाई आत्मसाथ गर्दै निरुपण गर्ने गरेको बताएका थिए । न्यायिक समितिको क्षेत्राधिकार भन्दा बाहिरका घटना समेत आउने गरेकोमा उनिहरु लाई अन्य न्याय सम्पादन गर्न ठाउँमा पठाउने गरिएको बताएका थिए । जिल्लाका फरक फरक स्थानीय तहमा फरक फरक तरिकाले काम गर्ने गरिएकोमा न्यायिक प्रणालीमा एकरूपता ल्याउन समेत आवश्यक रहेको वक्ताहरूले बताएका थिए । उनीहरूले न्यायिक समिति मार्फत हुने न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन दुई दिन सम्म तालिमको आयोजना गरि प्रशिक्षण प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।
तालिमको समापन सत्रका अध्यक्ष पिपुल फोरमका उपाध्यक्ष कृष्णप्रसाद न्यौपानेले न्यायिक समिति मार्फत मेलमिलाप मार्फत समस्याको समाधान गरे समाजमा भएको द्धन्दहरु कमहुँदै जान्छ भन्ने मान्यताका साथ तल्लो निकायमा न्यायिक समिति स्थापना गरिएको बताउनुभयो । स्थानीय स्तरमा घटनाको मर्मलाई बुझेर न्याय सम्पादन गर्दा थप प्रभावकारी हुने , न्यायका लागि जिल्ला स्तरमा धाइरहनु नपर्ने हुँदा धेरै राम्रो भएको राज्यले न्यायको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो ।
उहाँले न्यायिक समितिको क्षमता विकास गर्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउन समेत दुई दिने कानूनी तालिमको उद्येश्य रहेको बताउनुभयो । तालिमको समापन सत्रको संचालन अग्यौली स्रोत पुस्तकालयका व्यवस्थापक मदन गिरीले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |