२०८१ श्रावण १२, शनिबार
कावासोती । लायन्स क्लब अन्र्तगत डिष्ट्रीक ३२५ आर नेपाल अन्र्तगत रहेको लायन्स क्लब नवलपुर सिटिको छैठौं बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारसभाबाट आगामी वर्ष २०२३÷०२४ को लागि नयाँ नेतृत्व चयन गरिएको छ । जसमा क्लबका प्रथम उपाध्यक्ष भेषबहादुर अधिकारी सतप्रतिशत एस मत सहित अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
साधारणसभा क्लबका अध्यक्ष विश्वनाथ काफ्लेको अध्यक्षता तथा डिष्ट्रिक चिफ लायन होमनाथ जैसीको प्रमुख आतित्थ्यतामा भएको थियो । सभामा क्लबका संस्थापक प्रथम उपाध्यक्ष तथा रिजन चियर पर्शन वर्ष २०२३÷०२४ का निर्वाचित क्लष्टर ७ का क्लष्टर चिफ लायन मनिप्रसाद गुरुङ, जोन चियर पर्सन लायन देवीमाया घिमिरे तथा पास्ट जोन चियन पर्सन लायन भोजराज दाहाल लगायतको उपस्थिती रहेको थियो ।
साधारण सभाबाट वर्ष २०२३÷०२४ को प्रथम उपाध्यक्षमा लायन गणेश थापा मगर, द्धितिय उपाध्यक्षमा लायन कमला गुरुङ, तृतीय उपाध्यक्षमा लायन डा. पदम घले , सचिवमा लायन सुवास सुवेदी तथा कोषाध्यक्षमा लायन शिशिर जिसी निर्वाचित हुनभएको छ । उहाँहरु शत प्रतिशत एस मत सहित निर्वाचित हुनुभएको हो । साधारसभाबाट क्लबका अन्य सदस्यहरुले समेत विभिन्न नयाँ जिम्मेवारी प्राप्त गरेकाछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |