२०८० मंसिर १४, बिहिबार
नवलपुर । कावासोती नगरपालिकाको वडा नं. ३ वडा कार्यालयले लागु पदार्थ र दुब्र्यसन विरुद्धको सचेतना कार्यक्रम गरेको छ । वडा भित्रका माध्यमिक विद्यालयका प्रतिनिधि मुलक विद्यार्थी, टोल सुधार समितिका प्रतिनिधि लक्षित एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको हो ।
शहिद स्मृति माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्रहरी, ट्राफिक प्रहरी,कानूनकर्मी र अधिकारकर्मी सहितका प्रशिक्षकले सहजीकरण गरेका थिए ।
वडाअध्यक्ष डोरमान गिरीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका कावासोती नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ,नगर शिक्षा शाखाका प्रमुख क्षेत्रबहादुर भण्डारीले सवैभन्दा धेरै साथीसंगतको प्रभाव पर्ने उमेर अवस्था नै विद्यालय उमेर समूह भएकाले यो समयमा किशोर–किशोरी स्वयं सचेत हुनुपर्ने बताए । उनले यससँगै अभिभावक, विद्यालय प्रशासन, समाजको समेत उत्तिकै भूमिका रह्यो भने विकृतिका रुपमा देखिएका अवशेषहरु न्यूनीकरण हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल, सरकारी वकिलको कार्यालयका तर्फबाट बुद्ध थापा, प्रहरी कार्यालयबाट आनन्द काफ्ले र जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव एवं अधिकारकर्मी दिपक शर्माले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा सदस्य वसन्ती कुवर केसी,सावित्री रसाइली ,ऋषिराम बस्ताकाेटी, रन बहादुर थापा,सहिद स्मृती माविका प्रधानाध्यापक पुरुषाेतम भुर्तेल, लगायतकाे उपस्थिति रहेको थियाे ।कार्यक्रममा वडा सदस्य वसन्ती कुवर केसी,सावित्री रसाइली ,ऋषिराम बस्ताकाेटी, रन बहादुर थापा,सहिद स्मृती माविका प्रधानाध्यापक पुरुषाेतम भुर्तेल, लगायतकाे उपस्थिति रहेको थियाे । वडा कार्यालयका सचिव विष्णु मिश्रको सञ्चालनमा भएकाे कार्यक्रमको समन्वय कावासोती मिडिया हाउसले गरेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |