२०८० मंसिर १६, शनिबार
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरले एकै दिन ठूलो परिमाणमा भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । शुक्रबार प्रहरीले एकैपटक ३५ लाख ९१ हजार २२२ मूल्य बराबरको सामाग्री नियन्त्रणमा लिएको हो । नवलपुरका विभिन्न स्थानमा गरिएको जाँचका क्रममा उक्त मूल्य बराबरको सामाग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
प्रहरीले कुर्ता सुरवाल सहितका कपडा, विभिन्न ब्राण्डका मोवाइल सेट, कस्टमेटिक सामाग्री, २२० बोरा युरिया मल सहितका समाग्री नियन्त्रणमा लिएको हो । भन्सार छली गरि ल्याइएका समाग्री नियन्त्रणमा लिए त्रिवेणी भन्सार कार्यालय चलान गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका यो सहित चालु आर्थिक वर्षमा हालसम्म ५करोड १ लाख ७७ हजार ६२ रुपैँया बराबरका भन्सार छलीका सामाग्री नियन्त्रणमा लिएर राजश्व संकलन गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |