२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा दश वर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । बुधबार बसेको जिल्ला एम्बुलेन्स सञ्चालन समितिको बैठकले दशवर्ष पुराना एम्बुलेन्सहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार एम्बुलेन्स सञ्चालन ,व्यवस्थापन र नियमन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । निर्देशिका अनुसार प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरि निमार्ण भएको समितिले पुराना एम्बुलेन्स विस्थापन गर्ने निर्णय गरेको हो । ‘राष्ट्रिय निर्देशिकामा दश वर्ष पुरानो एम्बुलेन्स सञ्चालन गर्न नपाउने भनिएको छ, जिल्लाले त्यसलाई कार्यान्वयन गर्न लागेको हो ’ चापागाईंले भन्नुभयो ।
पुराना सवारी एम्बुलेन्सको रुपमा प्रयोग हुँदा बिरामी बोकेर हिँडेको बेलामा बिग्रिने सम्भावना धेरै हुने र समयमा उपचारकाका लागि समस्या हुनसक्ने भएकाले यस्तो गरिएको उहाँले बताउनुभयो ।
सोही निर्देशिका अनुसार हाल सञ्चालनमा रहेका सामान्य एम्बुलेन्स जुन ‘ग’ वर्गमा रहेका छन् । यिनिहरुको विस्थापन गर्दै लैजाने समेत स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । निर्देशिकामा एम्बुलेन्सलाई क, ख र ग वर्गमा विभाजन गरिएकोमा ‘ग’ वर्गका हालका एम्बुलेन्सलाई क र ख मा स्तरोन्नती गर्ने वा यसलाई बिरामी ओसारपसार गर्ने गाडी भनेर सोही अनुसार प्रयोग गरिने उहाँले उहाँले बताउनुभयो । निर्देशिका अनुसार क र ख वर्गका एम्बुलेन्समा विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी समेत हुने स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो ।
नवलपरासी पूर्व नवलपुरमा हालसम्म ४२ वटा एम्बुलेन्सले सञ्चालन अनुमति लिएका भएपनि ३० वटाको हाराहारीमा ‘ग’ वर्गका एम्बुलेन्स सञ्चालनमा रहेका छन् । चारवटा ‘ख’ वर्गको एम्बुलेन्स खरिदका लागि प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
जिल्ला एम्बुलेन्स सञ्चालन समितिले विसं. २०८० बैशाख महिना भित्र नवीकरण नभएका एम्बुलेन्सहरु लाई नवीकरण गर्न समेत अनुरोध गरेको छ ।
समितिले एम्बुलेन्सको नयाँ भाडा दर समेत निर्धारण गरेको छ । जस अनुसार कालोपत्रे सडकमा प्रति किलोमिटर रु. ६५, कच्ची सडकमा प्रतिकिलोमिटर रु. १०८ , पहाडी क्षेत्रमा प्रतिकिलोमिटर रु.२०२ र पाँच किलोमिटर भित्र एकमुष्ठ रु.६७५ शुल्क निर्धारण गरेको छ । जिल्लामा सञ्चालित एम्बुलेन्सहरु को नियमित अनुगमनको कार्य जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |