२०८० मंसिर १४, बिहिबार
कावासाेती। कावासोती नगरपालिकाको वार्ड नम्बर १२ मा १ दिने बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
नगर भित्रका बालमैत्री उन्मुख वार्डहरुमा पहिलो चरणमा अभिमुखिकरणको आयोजना गरिएको कावासोति नगरपालिकाका महिला बालबालिका शाखाकि शुभद्रा शर्माले बताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा बाल मैत्री स्थानीय शासनको अवधारणा, बालबालिका किन लगानी गर्नु पर्छ, वार्ड स्तरीय बालमैत्री स्थानीय शासन समितिको पुनर्गठन र वार्ड भित्रका बालमैत्री स्थानीय शासन भित्रका ५१ सुचकको घरधुरी सर्बेक्षण बाट आयको तथ्यांकको प्रस्तुति गरिएको थियो ।
उपस्थित सरोकारवालाहरुले बालमैत्री स्थानीय शासनका ५१ सुचकमा वार्ड भित्रको अवस्थाको बारेमा घरधुरी सर्बेक्षण बाट आयको तथ्यांकको बारेमा छलफल गरेका थिय ।
छलफलमा वार्डमा ब्याप्त रहेको समस्याहरुमा बालबिवाह, जन्म दर्ता, खानेपानीको गुणस्तरिय उपलब्धता, बिधालय नियमित नहुने, बाल उधानको उपलब्धता नहुनु बताएका थिय ।
आज सम्पन्न वार्ड स्तरीय कार्यक्रमबाट कावासोती नगरपालिका वार्ड नम्बर १२ लाई २०८० चैत्र मसान्तसम्म बालमैत्री घोषणा गरि दिगोपन गर्ने उपस्थित सरोकारवालाबाट प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै वार्ड अध्यक्ष दिपेश खनालले बालबालिकालाई प्राथमिकता राखेर काम गर्ने र बालमैत्री वार्ड निर्माणको लागि सवैले सहयोग गर्ने तोकियको समयमा घोषणा गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा वार्ड भित्रका जनप्रतिनिधि, बिधालय, स्वास्थ्य सस्था, सामुदायिक संघ सस्था, स्वास्थ्य स्वयम सेविका, टोल सुधार समितिका प्रतिनिधिहरु, बाल क्लबका प्रतिनिधिहरु र अन्य सामाजिक सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई बालमैत्री अभियन्ता दिपक शर्मा, महिला बालबालिका शाखाकि सुभद्रा शर्माले सहजीकरण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |