२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोतीमा रहेका दुई ठूला क्याम्पसमा चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन – स्ववियु- निर्वाचनको अन्तिम मत परिणाम आइतबार राति सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका केशव भुसाल निर्वाचित भएका छन् ।
सभापतिमा तीन जनाको प्रतिस्पर्धा रहेको थियो । नेविसङ्घका खिमलाल कंडेल र अनेरास्ववियुका दशरथ सुवेदी र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका केशव भुसाल बिचको चुनावी प्रतिस्पर्धामा भुसाल २६४ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेविसङ्घका खिमलाल कंडेलले २१५ मत प्राप्त गरका छन् । भुसाल ४९ मत अन्तरले स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियुका दशरथ सुवेदीले १२३ मत प्राप्त गरेका छन् ।मध्यविन्दु बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सभापति स्वतन्त्र उम्मेदवारले जित निकाल्दा प्रत्यक्ष तर्फका अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
कावासोतीकै अर्को क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसमा नेविसङ्घका सुदीप चापागाईं सभापतिमा निर्वाचित भएका छन् । चापागाईं २२९ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत प्राप्त गरेका थिए ।
कुमारवर्ती बहुमुखी क्याम्पसमा नेविसङ्घले सभापति सहित सचिव, कोषाध्यक्ष र दुई सदस्य जितहात पार्दा एक सदस्य अखिल क्रान्तिकारीले जितेको छ । यहाँ नेविसङ्घको नेतृत्वमा बनेको गठबन्धन प्यानलमा एक सदस्य अखिल क्रान्तिकारीका उम्मेदवार रहेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |