२०८१ श्रावण १२, शनिबार
कावासोती । गर्मीयाम सुरु भएसँगै वन डढेलोको जोखिम रहने भन्दै डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन राज काफ्लेले बताउनुभयो । शुक्रबार भएको सञ्चारकर्मीहरूसँग वन डढेलो व्यवस्थापन तथा वन संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नवलपुर पनि वन डढेलो जोखिम उच्च रहेकाले यसको नियन्त्रणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनु भएको हो ।
अन्तरक्रिया कार्यक्रममा उहाँले विश्वव्यापी रुपमा रुपमा वन डढेलोको प्रभाव ,नेपाल र नवलपुरमा वन डढेलोका कारण हुने गरेको क्षती,प्रभाव ,वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो ।
वन संरक्षण र वन डढेलोबाट वन जोगाउन सवालमा सञ्चार माध्यमले सचेतनामूलक सामाग्री प्रकाशन तथा प्रसारण गरि मानिसलाई सचेत वनाएर वन संरक्षणमा ठूलो भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा लागे लगाउने, वन्यजन्तुको शिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा ठूलो वन विनाश हुने गरेकाले समुदायले यस्ता प्रवृतिको रोकथामका लागि कामगर्न सक्ने छन् ।
वनमा आगो लागे समुदाय स्तरबाट समेत समयमै अग्रसरता लिएर नियन्त्रण गर्न सकिने छ । वन समिति समेत यो समयमा वनमा हुने आगलागी नियन्त्रणका लागि चनाखो बन्न आवश्यक रहेको छ । वन डढेलोले वनको क्षतिमात्रै नभए समग्र वातावरणीय रुपमा नकारात्मक प्रभाव पार्नसक्ने भएकाले यसतर्फ सबै सरोकारवाला सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्राकृतिक कारण सहित मानिसको हेलचेक्र्याइँले वनमा डढेलो लाग्ने हुँदा मानवीय कारणबाट हुने डढेलो नियन्त्रणका स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । कुनै स्थानमा डढेलो लागि हाले समयमै स्थानीय रुपमा नियन्त्रणका पहल गर्ने सकिने र वन कार्यालय सहित सुरक्षा निकायमा जानकारी गराए थप क्षतिहुन जोगाउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।
वन डढेलो नियन्त्रणका लागि विभिन्न सरोकारवालासँग वन कार्यालयले सहकार्य , समन्वय र अन्तरक्रिया सहित सचेतनाका कार्यहरू गरिरहेको भन्दै सञ्चारमाध्यमले समेत वन संरक्षण सहित वनलाई डढेलोबाट जोगाउन सचेतनामूलक सामाग्री प्रसारण ,प्रकाशन गर्ने र नागरिकलाई सचेत गराउन काममा भूमिका निर्वाह गरिरहेको भन्दै थप प्रभावकारी रुपमा लाग्न अनुरोध गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा नवलपुर जिल्लाका विभिन्न सञ्चारमाध्यमका अधिकारकर्मीहरूको उपस्थितिरहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |