२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती –३, का नर बहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लाग्नुभएको छन् । करिब एक दशक अघि देखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लाग्नुएका सुनारको दिनचर्या गौशालामा रहेको गाईको स्याहार सुसार र रेखदेखमा बित्ने गरेको छ ।
सुनारले विसं. २०६८ सालमा दुईवटा छाडिएको गाई राखेर संरक्षण अभियान सुरु गर्नुभएकोमा अहिले गौशालामा ८५ वटा गाई रहेका छन् । सुनार एक्लै हाल गौशालामा रहेका ८५ वटा गाईको रेखदेख गर्दै आउनुभएको छ । बजारक्षेत्रमा स्थानीयले छाडा रुपमा छाडेका गाई गौशालामा राख्ने गरिएको उहाँले बताउनुभयो । स्थानीय गाईको संख्या कम हुँदै गएकाले समेत यसको संरक्षण गर्नुपर्छ भनेर आफू लागेको उहाँले बताउनुभयो ।
सुरुमा आफू एक्लैले पहल गरेको भएपनि हाल स्थानीय स्तरमा यसको संरक्षणमा आवश्यक सहयोग हुने गरेको सुनारले बताउनुभयो । दानाका लागि चापट ,पराल स्थानीय स्तरमा सहयोग हुने गरेको उहाँले बताउनुभयो । ‘सुरुमा एक्लै लागे , गाई पनि थोरै थिए, अलिहे गाई धेरै भएका छन्, सहयोगी दाताले दाना ,परालका लागि बेलाबेलामा सहयोग गर्ने गर्नुभएको छ’ सुनारले भन्नुभयो ।
धार्मिक दृष्टिकोणबाट गाईको महत्व हुने र स्थानीय जातको गाई लोप हुँदै जानथाले पछि यसको संरक्षण गर्नुपर्छ भनेर अभियान संरक्षण सुरु गरिएको उहाँले बताउनुभयो । विश्वमाता गौशालाका रुपमा हाल छाडा गाईको संरक्षण गर्ने गरिएको छ ।
गाई संरक्षण गर्दा कृषिका लागि समेत लाभ मिल्ने सुनारले बताउनुभयो । प्राङ्गारिक मल उत्पादन हुने हुँदा यसको प्रयोगले कृषि उत्पादन बढाउन सकिने हुँदा गाई संरक्षण कृषिका लागि समेत लाभदायक हुने उहाँले बताउनुभयो । ‘प्राङ्गारिक मलको अभाव हुँदा विभन्न अन्य रसायनिक मल प्रयोग गर्ने चलन छ, यसले माटोलाई बिगार्दै जाँदा क्रमश उत्पादनमा ह्रास आउछ ,यस कारणपनि गाई पाल्नु कृषिका लागि लाभकारी छ’ सुनारले भन्नुभयो ।
गौशालामा उत्पादन भएको प्राङगारिक मल कृषकले लैजाने गरको उहाँले बताउनुभयो । ‘हामीले मल बिक्रि गर्दैनौ तर कृषकले पराल ल्याउनुहन्ुछ , सोही अनुसार मल लैजाने गर्नुहुन्छ, कृषि उत्पादन बढाउन समेत यसले सहयोग पुगेको छ ’ उहाँले भन्नुभयो ।
धार्मीक दृष्टिले समेत गाईको महत्व रहेकाले गौशाला निर्माण गरि संरक्षण हुँदा बजार क्षेत्रका बासिन्दालाई लाभ समेत मिलेको सुनारले बताउनुभयो । तिहारको समयमा कावासोतीको बजार क्षेत्रमा घरमा गाई नहुनेले पूजाआजाका लागि गौशालामा आउने गर्दा सो समयमा ठूलो भिड लाग्ने गरेको उहाँको भनाई छ । कृषि देखि धार्मिक प्रयोजन दुवैका लागि गाई पाल्नु उचित ठानेरै आफूले संरक्षणलाई निरन्तरता दिएको उहाँको भनाई छ ।
छाडा गाईले बजार क्षेत्रमा दुर्घटनाको जोखिम हुने ,बालीनाली नष्ट गर्ने गरेकोमा त्यस्ता गाईलाई गौशालामा राख्दा एकातर्फ दुर्घटनाको जोखिम कम हुने , बालीनालीमा क्षति नहुने अर्को तर्फ छाडा गाईको संरक्षण समेत हुने कावासोती –३, का वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो । गाईको संरक्षण गर्नु राम्रो भएकाले गौशाला थप व्यवस्थित गरि संचालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।गाईको संख्या बढ्दै जाँदा चरनको अभावहुँदा समस्या हुने गरको सुनारको भनाई छ । गाईका लागि दाना ,परालको समस्या हुने गरेको उहाँले बताउनुभयो । बेला बेलामा विभिन्न सहयोगीहरुले दाना ,चापट ,पराल सहयोग गर्ने गरेकाले केही राहत भने मिल्ने गरेको सुनारले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |