२०८० मंसिर २४, आईतबार
कावासोती । कृषि ,वन उद्यम विषयक बहुसरोकारवाला बिच छलफल कार्यक्रम कावासोतीमा भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ , नवलपुरको आयोजनामा भएको छलफल कार्यक्रममा सामुदायिक वनसँग आवद्ध सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
वनलाई बहुउपयोगि बनाउँदै वनलाई उद्योग,पर्यटन र कृषिसँग जोडन जिल्लामा संचालित वन तथा कृषि सहज कार्यक्रमका विषयमा जानकारी दिन र कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सरोकारवाला बिच छलफल भएको जिल्ला महासंघका अध्यक्ष ठाकुर पाण्डेले बताउनुभयो ।
वनमा आश्रित समुदायको आर्थिक विकासका लागि वन तथा कृषि सहज कार्यक्रम प्रभावकारी हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।
जिल्ला अध्यक्ष ठाकुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा फेकोफन केन्द्रिय सचिव ठाकुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रिय सचिव भण्डारीका अनुसार वन तथा कृषि सहज कार्यक्रमले देशको अर्थतन्त्र बजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमले वनमा आधारित उद्योग स्थापना ,उत्पादन र त्यसलाई बजारीकरण गरि वनमा आश्रित परिवारको आर्थिक विकाससँगै समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |