२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका –३, मा रहेको विश्व माता गौशालामा कावासोती–३,मा रहेको मध्यविन्दु छिमेकी समूहले दाना सहयोग गरेको छ । गौशालामा रहेका गाइलाई दानको अभाव नहोस भनेर मध्यविन्दु छिमेकी समूहले दाना सहयोग गरेको हो ।
आज एक कार्यक्रमका बिच समूहका अध्यक्ष गंगाराम न्यौपाने, उपाध्यक्ष केशवराज गैरे, सचिव कृष्णचन्द्र गिरी, समूहका सल्लाहाकार एवं वडा अध्यक्ष डोरमान गिरी, वडा सदस्यहरु ऋषि बस्ताकोटी, रन बहादुर थापा , समाजसेवी भरत पोखरेल लगायतको उपस्थितीमा दान सहयोग गरिएको हो ।
मध्यविन्दु छिमेकी समूहले गौशालाका लागि १० बोरा गाइका लागि दाना स्वरुप चापट सहयोग गरेको हो । समूहले देउसीभैलो बाट संकलन गरेको रकम र समूहमा संकलन भएको रकमबाट सामाजिक सेवा तथा धार्मीक क्षेत्रमा सहयोग गर्ने निर्णय भए अनुसार गौशालामा चापट सहयोग गरिएको समूहका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
गौशालामा हाल ८७ वटा गाई रहेको र अहिले चरनको समेत समस्या हुँदा तिनिहरुलाई दानको अभाव हुने गरेकाले सहयोगी दाताहरुमा आवश्यक सहयोगका लागि गौशाल संचालकले अनुरोध गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |