२०८० मंसिर १६, शनिबार
नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको चालीस किलोबाट प्रहरीले लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका -१६, चालीस किलोमा ध १ ख ६४९ नम्बरको बस जाँच गर्ने क्रममा बर्दघाट नगरपालिका -६, बस्ने १८ वर्षीय विवेक सुनार र सुनवल- १०, बस्ने १९ वर्षीय यम बहादुर बराललाई लागू औषध सहित पक्राउ गरिएको हो । सिटमुनि लुकाएर ल्याउँदै गरेको स्पास २७ एम्पुल, नाइट्राभेट ५ एम्पुल सहित उनिहरुलाई पक्राउ गरिएको हो ।
यसै गरि सोही स्थानबाट प्रहरीले लागु औषध सहित थप दुई जनालाई पक्राउ गरेको छ । गएराति प्र -२ -०३-००७ प ९०१८ नम्बरको स्कुटरमा आइपिपिएल २ एम्पुल, फेनारागन एम्पुल, डाइजापाम ३ एम्पुल, र नेपाली रुपैयाँ ४३ हजार ८०० भारु २००० सहित मध्यविन्दु- ९ ,का २५ वर्षीय यु बहादुर सोमै र हुप्सेकोट- ३, का २९ वर्षीय अजित गुरुङलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |