२०८० मंसिर २४, आईतबार
कावासोती । बालबालिकाका हक, अधिकारलाई संरक्षण र सम्बद्र्धनको लागि स्थानीय सरकारको सवलीकरण गर्नुपर्नेमा नवलपुरका सरोकारवालाहरुले आवाज उठाएका छन् ।
आज कावासोतीमा जागृति बाल तथा युवा सरोकार नेपाल र बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको संयुक्त आयोजनामा भएको बालमैत्री स्थानीय शासन प्रबद्र्धन तथा बालसंरक्षण प्रणाली सृदुढीकरणमा स्थानीय तहको भुमीका विषयक कार्यक्रममा जिल्लाका ८ पालिकाका जनप्रतिनिधीहरुले यस्तो बताएका हुन ।
नेपाल सरकारले जारी गरेको संविधानको धारा ३९ मा बालबालिका सम्बन्धी अधिकारहरु मौलिक हकमा राखी विभिन्न नीतिहरु र नियमहरुको व्यवस्था गरी स्थानीय तहमा विभिन्न संयन्त्रको परिकल्पना गरेको तर आज पनि स्थानीय तहमा सो संयन्त्रहरु र समितिहरु गठन नहुनुले बालबालिका प्रती स्थानीय सरकार उत्तरदायी नरहेको हो की भन्ने प्रश्न रहेको बालअधिकार कर्मी एवम स्रोत व्यक्ति तारक धितालले बताउनुभयो ।
बालबालिका सम्बन्धी ऐन २०७५ ले तोकेको बाल अधिकार समितिको गठन नहुनु, स्थानीय बाल कल्याण अधिकार नतोकीनु र बाल संरक्षण संयन्त्र स्थानीय तहमा नहुनुले बालबालिकाका विभिन्न सवालहरुको समाधानमा समस्या देखीएको उहाँले बताउनुभयो ।
नवलपुर जिल्लामा बालबालिकाका सवालहरु हेर्दा जन्मदर्ता र नागरिकता प्राप्तीमा राज्यको स्पष्ट नीति नहुनु र पञ्जिकरण शाखा र प्रशासन कार्यालयबाट सो प्राप्तीमा गरिने समस्याको बारेमा सवै जनप्रतिनिधीहरुले आवाज उठाँउदै राज्यले नीतिहरु पुनरावलकोलन गरी सो प्राप्तीमा कार्यहरु गर्नुपर्ने पालिकाका जनप्रतिनिधीहरुले सामुहीक आवाज समेत उठाउनुभएको थियो ।
बालबालिकाको पहिलो अभिभावक भनेको नै स्थानीय सरकार रहेकोले बजेटको विनियोजन र नीतिनिर्माणको तर्जुमा देखी नै यसको सुरुवात गर्नुपर्नेमा ध्यान दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।
बालबालिका माथि हुने असमानता, बिभेद, शोषण र हिंसा बालबालिकाको सर्वागिण विकास रोक्ने तत्व रहेकोले यस्ता विषय न्युनिकरणका लागि सवै पालिकाहरुले बिशेष कार्यक्रम र योजना ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सहभागी गैडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोईरालाले नगरले बालबालिकालाई प्राथमिकतामा राखी शिक्षा, स्वास्थ्य र बालमैत्री अभियानको लागि कार्यहरु गरीराखेको र अझै जिम्मेवार रुपमा यि कार्यहरु गर्नुपर्ने दायित्व रहेकोले स्रोत व्यवस्थापन गरी कार्यकाल भित्र नगरलाई बालमैत्री गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा ४ नगरपालिकाका नगर उपप्रमुखहरु, ४ गाँउपालिकाका उपाध्यक्षहरु, सामाजिक विकास समितिका संयोजकहरु, विद्यायन समितिका संयोजकहरु र महिला बालबालिका शाखाका प्रतिनिधीहरु गरी ४५ जनाको उपस्थिती रहेको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको कार्यक्रमको समुद्घाटन संस्थाका अध्यक्ष तिलोत्तम पौडेलेको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको र बालअधिकार कर्मी तारक धितालले सहजीकरण गर्नुभएको थियो । सो कार्यक्रम जस्टिज भेन्चर ईन्टरनेशलनको सहयोगमा सञ्चालन गरेको संस्थाका महासचिव दिपक शर्माले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |