२०८० मंसिर २०, बुधबार
कावासोती । फागुन ३ गते देखि कावासोतीमा जारी सातौँ नवलपुर महोत्सव भोली पनि जारी रहने भएको छ । यस अघि फागुन ३ गते देखि १३ गते सम्मका लागि महोत्सव तय गरिएकोमा आयोजकले एक दिन महोत्सव थप गरेको हो ।
भोली एक दिन थप गरिएको र भोलीनै महोत्सवका सबै कार्यक्रम समापन हुने आयोजक नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पोखे्रलले जानकारी दिनुभयो । आइतबार विभिन्न कलाकारको प्रस्तुती सँगै रास्वपाका सांसद डा. तोशिमा कार्कीको प्रमुख आतित्थ्यतामा समापन कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
शनिबार महोत्सवमा विभिन्न कलाकारले आफ्नो प्रस्तुती राखेका थिए । महोत्सवमा शनिबार उल्लेख्य दर्शकको उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |