२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नगरपालिकामा संचालित शहरी शासकिय तथा पूर्वाधार विकास आयोजनाका विषयमा विश्व बैंकका प्रतिनिधिसँग कावासोतीमा छलफल भएको छ । कावासोतीमा शहरी शासकिय मार्फत संचालित योजनाका विषयमा छलफल सहित योजनाहरुको अनुगमन गरिएको छ ।
कावासोती नगरपालिकामा शहरी शासकिय आयोजना अन्र्तगत चालु आर्थिक वर्षमा ८७ वटा योजनाहरु छनौट गरिएको र केही सम्पन्न भएका छन् । चालु आर्थिक वर्षमा १२ करोड ६० लाख रुपैँया बजेटमा पालिका भित्रका १७ वटै वडामा विभिन्न योजनाहरु छनौट गरिएका छन् ।
विश्व बैंकको सहयोगमा संचालित यस आयोजना कावासोती नगरपालिकामा आर्थिक वर्ष २०७७÷०७८बाट सुरु भएको हो । पहिलो वर्ष रु. १ करोड ९२ लाखको लागतमा २१ व्टा योजना सम्पन्न भएको नगरपालिकाको तर्फबाट शहरी शासकिय आयोजना फोकल पर्सन मञ्जु डुमे्रले बताउनुभयो ।
छलफलका क्रममा आफ्नो प्रस्तुतीकरण प्रस्तुत गर्ने क्रममा उहाँले आव २०७८÷०७९ मा ५ करोड ९० लाखको लागतमा ४८ वटा योजना सम्पन्न भएको बताउनुभयो ।
शहरी शासकिय आयोजना अन्र्तगत खोला तटबन्ध, नाला निर्माण लगायतका विभिन्न योजनाहरु संचालनमा रहेका छन् । छलफलका क्रममा विश्व बैंकका प्रतिनिधिले योजना कार्यान्वयका सवालमा विभिन्न जिज्ञास तथा सुझावहरु राखेका थिए ।
नगर प्रमुख विष्णुप्रसाद भुसालले नगरपालिकामा शहरी शासकिय आयोजनाबाट विभिन्न योजना चुस्त रुपमा संचालनमा रहेको बताउनुभएको थियो । साथै उक्त आयोजनाका केही विषय परिमार्जन गरि थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो । नगरपालिकाका लागि छनौट भएका योजना समयमा सम्पन्न गर्नतर्फ पालिका लागेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरुले आयोजना कार्यान्वयका सवालमा देखिएका चुनौती र थप परिमार्जन गर्नुपर्ने विषय उठाएका थिए ।
छलफल कार्यक्रममा नगर प्रमखु सहित प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, विभिन्न वडाका वडा अध्यक्ष , नगरका कर्मचारी लगायतको सहभागिता रहेको थियो । छलफल पछि विश्व बैंकका प्रतिनिधि सहित नगर प्रमुख लगायतले सयुक्त रुपमा विभिन्न वडामा संचालित योजनाको अनुगमन समेत गरेका थिए ।
न्युन आय भएका नागरिकलाई रोजगार शिर्जन ागर्ने उद्येश्य सहित शहरी शासकिय आयोजनाका योजनाहरु छनौट हुने गरेका छन् । जसमा कम्तिमा ५० प्रतिशत ज्याला वापत मजदुरलाई दिनुपर्ने प्रावधान रहेको छ । निम्म आयस्तर भएका व्यक्तिलाई विकाससँग रोजगारमा समावेश गरि आर्थिक उपार्जनमा सहयोग पुर्याउने कार्यक्रमको उद्येश्य रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |