२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नगरपालिकाले दीर्घ रोगीहरूले पाउने उपचार खर्च रकम निकासा गरेको छ ।
नगरपालिकाले आज एक सार्वजनिक सूचना मार्फत तीन महिनाको रकम निकासा भएको जानकारी गराएको छ । नगरपालिकामा आवेदन दिएका ८१ जना दीर्घ रोगीहरूका लागि रकम निकासा भएको हो ।
मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउँने सरकारले निर्णय गरेको थियो । सोही अनुसार मासिक पाँच हजारका दरले रकम निकासा भएको हो ।
निकासा भएको रकमका लागि नगरपालिकामा आएर चेक बुझ्न अनुरोध गरिएको छ ।
रकम प्राप्त गर्ने व्यक्तिहरुको नाम कावासोती नगरपालिकाको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |