• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

१0 घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

१0 घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

बुटवल सडकमा चार वर्षमा २५ प्रतिशत मात्र काम, यात्रुलाई सास्ती

रासस ५६० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २५, बुधबार (१0 महिना अघि)

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ ।
‘सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो’, इन्जिनियर दिष्टीले भने, ‘म्याद थप भएको छ महिनामा थप सात प्रतिशत भौतिक प्रगति भएको छ ।’ अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरु भइरहेका योजनाको पूर्वीखण्ड प्रमुख दिष्टीले बताए ।

नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले अहिले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए । ‘अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका कामहरु भइरहेका छन्’, उनले भने, ‘गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा अक्स्पाल्ट (कालोपत्र)को काम गरिएको छ ।’ भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको भन्दै इन्जिनियर ढकालले सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताए ।

 

सडक विस्तारको कामसँगै सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरु हटाउने काम भइरहेको उनको भनाइ छ । ‘सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटाबाहेक सम्पूर्ण रूख कटानको काम सकिएको छ’, इन्जिनियर ढकालले भने, ‘बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ।’

सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको जानकारी दिँदै ढकालले खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको बताए । यस सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको भन्दै ढकालले ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिए ।

‘पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ, पाँचवटामा निर्माण भइरहेको छ भने दुईवटामा काम हुनै बाँकी छ’, उनले भने, ‘यहाँ १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम भइरहेको छ । जसमध्ये अहिले बेल्डिहा, मुकुन्दे, गिरुबारी र विजयी खोलामा पुल निर्माणको काम भइरहेको छ । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो । ‘

सूचना अधिकारी ढकालले हासम्म योजनाको भौतिक प्रगति करिब १८.७ प्रतिशत भएको जानकारी दिए । ढकालका अनुसार सडक विस्तारका क्रममा पूर्वी खण्डमा रु एक अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कूल बजेट रु नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्र्याक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले प्रतिमहिना तीन प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको बताए । ‘अहिले हाम्रो साइटमा दैनिक एक हजार बढी कामदारले काम गरिरहेका छन्’, उनले भने, ‘यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ ।’

पहिले कोभिड, रूख कटान तथा खानेपानीका पाइप र बिजुलीका पोलले सडक विस्तारमा ढिलाइ गरेको भए पनि अब सम्पूर्ण अवरोध सकिएकाले लक्ष्यअनुसारको प्रगति हासिल गरिने उहाँले बताउनुभयो ।

‘परीक्षण कालोपत्र सफल भएपछि अब हामीले थप ठाउँमा कालोपत्रको काम अगाडि बढाउँछौँ’, ठेक्का व्यवस्थापक झाले भने, ‘पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटरको थप कालोपत्रको काम हुन्छ ।’

ठूला पुलहरुमध्ये ११ वटामा फाउन्डेसन (पिलर उठाउनका लागि जमिनमा गरिने ढलान) का सकिएको भन्दै झाले त्यसमध्ये छवटा पुलको सबस्ट्रक्चर (जमिनबाट माथि पिलर उठाउने काम) सकिएको बताए । ‘आगामी असारसम्म सबै पुलको सब स्ट्रक्चर सक्नेगरी मेजर ब्रिजको काम भइरहेको छ, अरुण खोलामा माटोमा समस्या आएर काम रोकिएको छ ।’

यस खण्डमा दुई सय १५ वटा कल्भर्ट निर्माण हुनेमा दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम सुरु भएको छैन । ‘दाउन्ने खण्डको पाँच किलोमिटरमा ३० वटा कल्भर्ट बन्छन्’, झाले भने, ‘त्यहाँ डाइभर्सन गरेर सवारीसाधन चलाउने अवस्था नभएकाले अहिले एक्साभेटर प्रयोग गरेर दाउन्नेको भित्तो काट्ने काम भइरहेको छ, भित्तो काटेर सकेपछि कल्भर्ट निर्माणको काम सुरु गर्छौं ।’

यो वर्ष ५० प्रतिशत काम सकाएर आगामी वर्ष आयोजनाको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको झाले बताए ।

नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदैछन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    ३ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    १0 घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    १0 घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution