२०८१ श्रावण १२, शनिबार
कावासोतीमा – नवलपुरको कावासोतीमा सञ्चालन भएको दोश्रो विश्वशान्ति त्रिपिटक (कङ्ग्यूर) महापूजा आइतबार सम्पन्न भएको छ ।
जिल्लाको कावासोती नगरपालिका ३ नमुना सदरमुकाम स्थित रहेको वरचुली बौद्ध गुम्बाको आयोजनामा भएको साप्ताहिक विश्वशान्ति त्रिपिटक (कङ्ग्यूर) महापूजा आइतबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
कार्यक्रम वरचुली बौद्ध गुम्बाका अध्यक्ष मान बहादुर गुरुङको सभाध्यक्षता एवम् समाजसेवी दानवीर दाता ज्येष्ठ नागरिक गम बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । विश्वशान्ति त्रिपिटक (कङ्ग्यूर) महापूजाको अन्तिम दिन आइतबार अवतारी लामा गुरु टुल्कु थरछिङ रिम्पोछेबाट वाङ्ग अभिषेक र टप्चे कार्यक्रम गरिएको थियो ।
यस्तै कार्यक्रममा विश्वशान्ति महापुजा पुराणवाचनका प्रमुख खेन्पो रिम्पोर्छे डाक्टर दशरथ गुरुङ र तमु लामा बौद्ध धर्म समाजका केन्द्रीय शाखा प्रमुख लामा रक्षा गुरुङ लगायत विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूको विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा कङ्ग्यूर) महापूजामा दान गर्ने दारवीरदाताहरुलाई प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो ।
माघ १६ गतेदेखि सुरु भएको कङ्ग्यूर महापूजा आइतबार विधिवत रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । विश्वका सम्पूर्ण मानव कल्याण र प्राणी जगतको उद्धारको निम्ती पूजा पाठ , जप तप , प्रार्थना , वन्दना गरी प्रत्येक मनुष्यमा आध्यात्मिक चिन्तनका साथै अहिंसा , शान्ति , सत्य र न्यायको मार्ग अवलम्बन गरी मानवबीच तनाव द्धन्द्ध अन्त्य होस् भन्ने उद्देश्यका साथ कङ्ग्यूर महापूजा सञ्चालन गरिएको थियो ।
विश्वशान्ति त्रिपिटिक पाठवाचनमा बौद्ध धर्मग्रन्थको १०८ ठेली पुस्तक १०१ जना श्रद्धेय लामा गुरुहरुबाट वाचन गराइएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |