२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोती आठमा रहेको कालीगण्डकी नारायणी सामुदायिक अस्पतालमा पहिलो पटक आङ खसेको सफल शल्यक्रिया भएको छ ।
६० वर्षीय एक महिलाको १० वर्षदेखि आङ खस्ने समस्या रहेको थियो । मंगलबार ( हिजो ) पहिलो पटक अस्पतालमा सफलता पूर्वक शल्यक्रिया भएको हो ।
डाक्टरहरू लोक बहादुर सेढाइ , सुदीप पौडेल , केशव आचार्य र एनेस्थेसियामा डाक्टर विजय राज पौडेलको टोलीले शल्यक्रिया गर्न सफल भएको अस्पतालका निर्देशक डाक्टर छविलाल थापाले जानकारी दिनुभयो । कावासोतीमा नै आङ खसेको शल्यक्रिया सफल भएसँगै अब अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको डाक्टर थापाले बताउनुभयो । आङ खस्ने समस्या भएका महिलाहरूले लाज मानेर , रोग लुकाएर बस्नुपर्ने अवस्था नरहेको भन्दै थापाले कालीगण्डकी नरायणी अस्पतालमा नै विशेष सुविधा सुविधा रहेकोले भरतपुर लगायत अन्यत्र जानु पर्ने अवस्था अन्त्य भएको बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |