२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकाको माटोमा अम्लीयपना बढि देखिएको छ । कावासोतीमा भएको माटो परिक्षण शिविरमा यहाँको कृषियोग्य क्षेत्रको माटो परिक्षण गर्दा माटोमा अम्लीयपनाको मात्रा धेरै पाइएको कावासोती नगरपालिका कृषि शाखाका कृषि प्राविधिक सहायक शिवनारायण कुमालले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रको आयोजना, माटो तथा मल परिक्षण प्रयोगशाला ,गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोग र कावासोती नगरपालिका कृषि शाखाको समन्वयमा कावासोतीमा एक दिने माटो शिविर सञ्चालन गरिएको थियो । शिविरमा कावासोती नगरपालिका भित्रका विभिन्न वडाका कृषकहरूले ल्याएका माटो परिक्षण गर्दा अम्लीयपना बढि पाइएको हो ।
माटोमा रासायनिक मलको लगातार धेरै प्रयोगमा अम्लीयपना बढेको कृषि शाखा कृषि प्राविधिक सहायक कुमालले बताउनुभयो । अम्लीयपनाले उत्पादन घटाउने हुँदा यसको उपचारका लागि कृषि चुनको प्रयोग गर्नुपर्ने साथै प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |