२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा आजबाट १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल सुरु हुँदैछ ।
यस वर्षको फाइनल खेल जिल्लाको कावासोती नगरपालिका १७ गोछडा स्थित सरस्वती माध्यामिक विद्यालयमा हुँदैछ । आज दिउसो एक बजे फइनल खेलको उद्घाटन कार्यक्रम रहेको छ । आज बिहान आठ बजे उद्घाटन गर्ने तयारी गरिए पनि टाढाबाट आउने विद्यार्थीहरु आउन केही ढिला हुने भएकाले उद्घाटन कार्यक्रम दिउसो मात्रै हुने भएको छ । प्रतियोगिताको प्रदेश सभा सदस्य पदमा जिशि श्रेष्ठले उदघाट गर्नुहुने छ ।
प्रतियोगिताको पालिका स्तरीय छनौट खेल यहाँका आठ वटै पालिकाले सम्पन्न गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनका अनुसार प्रतियोगितामा भलिबल ,कवड्डी, तेक्वान्दो , कराँते र दौड प्रतियोगिता हुने छ । प्रतियोगिता ९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीहरू बिच प्रतिस्पर्धा हुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |