२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरमा भुटेको बदाममा अखाद्य वस्तु प्रयोग गर्ने गरेको पाइएको छ ।
जिल्लाका विभिन्न बजार र गाउँगाउँमा ठेलामा राखेर बिक्री गर्न हिड्ने व्यापारीहरूले अखाद्य वस्तु ( घरमा रङ्गाउन प्रयोग हुने रातो रङ , इँट्टाको धुलो ) लगायतका अखाद्य वस्तु प्रयोग गरेर बदाम रंगाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । स्वास्थ्यमा नै असर पर्ने गरी अखाद्य वस्तुको प्रयोग गरी बदाम बिक्री गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्ता व्यापारीलाई कारवाही गर्न सुरु गरेको छ ।
ठेलामा राखेर बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले पाँच जना भारतीय व्यापारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूले बिक्री गर्दै गरेको अवस्थामा २४ केजी ( ६ हजार ) मूल्य बराबरको बदाम बरामद गरेको पाठकले जानकारी दिनुभयो । बरामद बदाम नष्ट समेत गरिएको छ । ठेला र व्यापारीलाई सम्झाई बुझाई छाडेको उहाँले बताउनुभयो । अखाद्य वस्तु प्रयोग भएका बदाम जोकोहीले बिक्री गरेको पाइए , कारवाही गरिने उहाँले बताउनुभएको छ । उपभोक्ताले बढि मात्रामा रङ्ग प्रयोग भएकै खरीद गर्ने गरेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च नवलपुरका महासचिव जीवन श्रेष्ठले बताउनुभयो । अखाद्य वस्तु प्रयोग भएको कुनै पनि खाद्य वस्तुको प्रयोगले स्वास्थ्यमा असर पार्ने हुँदा उपभोक्ता पनि सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभएको छ । उहाँले सकेसम्म रङ्ग प्रयोग नभएका खाद्य वस्तु खरीद गर्न समेत उपभोक्तालाई आग्रह गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |