२०८१ श्रावण १२, शनिबार
झ्यालबास । नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन सुरु भएको छ । दोस्रो गाउँसभाको पहिलो बैठकको बिहिवार उद्घाटन गरि चालुआर्थिक वर्षको समिक्षा गरि स्थगित गरिएको हो । दोस्रो गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले चालुआर्थिक वर्षमा भएगरेका कार्यप्रगति सहितको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष पुर्ण सिङ रानाले न्यायिक समितिमा भएको कार्यप्रगतिको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी गाउँसभामा गाउँपालिका उपाध्यक्ष रानाले प्रस्तुत गर्नु भएको केहीँ योजना एवं बजेट संसोधन प्रस्ताव पारित गरिएको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रस्तुत गर्नु भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तेश्रो राष्ट्रिय महाधिवेशनको घोषण पत्रमा उल्लेखित प्रस्तावहरुलाई कार्यान्वयनका लागि प्रतिवद्धता सहित गाउँसभाले पारित गरेको छ ।
गाउँसभामा पदम बहादुर राना,रेवती सारु लगाएतका गाउँसभा सदस्यहरुले विभिन्न सार्वजनिक महत्तोको बिषय राख्नु भएको थियो । गाउँसभामा बालविवाहा,लागुऔषध दुर्वेशनको जोखिम , खोलाजन्य पदार्थको अवैध चोरी नियन्त्रण लगाएतका बिषयमा गाउँसभा सदस्यहरुले सार्वजनिक महत्तोको विषय प्रस्ताव गर्नु भएको थियो । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सार्वजनिक महत्तोको प्रस्तावलाई उच्च महत्तोका साथ कायान्वयन प्रकृया अगाडि वढाउने बताउनु भएको थियो ।
हुप्सेकोट गाउँपालिकाको दोस्रो अधिवेशनको दोस्रो गाउँसभा पुनः दोस्रो बैठक बस्ने गरि पहिलो बैठक स्थगित गरिएको गाउँसभा सभाध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |