२०८१ श्रावण १२, शनिबार
नवलपुर । (नवलपरासी बर्दघाट सुस्ता पूर्व) नवलपुरको गैंडाकोट १२ सुन्दरीचोकमा आज भएको सवारी दुर्घटनामा परी तीन वर्षे बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ निवासी साइरा चुनीमगर रहेको अस्थाई प्रहरी पोष्ट बेल्डीहाले जनाएको छ । सुन्दरीचोक मठकुरी सालघारी स्थित भित्री सडक खण्डमा दिउसो साढे एक बजेको समयमा दुर्घटना भएको हो ।
सालघारीबाट राजमार्गतर्फ आउँदै गरेको सूर्योदय बोडिङ्ग स्कुलको ग १ क २७५७ नं. बसले विद्यार्थी लिएर छाड्न जाने क्रममा घर अगाडि बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |