२०८० मंसिर २४, आईतबार
कावासोती – नवलपुरको गैडाकोट १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख ९१ हजार नगद चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गएराति सहकारीको सटर फोरेर कार्यालयको सेफमा रहेको नगद चोरी भएको हो । चोरहरूले सटर फोर्दै गरेको अवस्थामा सहकारीको आडैमा रहेको मुकुन्द सेन दूध संकलन केन्द्रमा काम गर्ने कृष्ण पाण्डेले थाहा पाइ बाहिर निस्किंदा पाण्डेको मुख र आँखामा पट्टी बाँधेर मारिदिने धम्की दिएको प्रहरीले जनाएको छ । पाण्डेले दिएको बयानका अनुसार घटनामा तीन जनाको सङ्ख्यामा चोरहरू रहेका थिए । प्रतिकार गर्नेक्रममा मार्ने धम्की दिएको पाण्डेले बयान दिएका छन् । पाण्डेले आज बिहान साढे चार बजे खबर गरेपछि अस्थाई प्रहरी पोष्ट बेल्डियाबाट टिकाराम पोख्रेलको कमान्डमा चार जनाको प्रहरी टोली घटना स्थल पुगेको थियो ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान जारी राखेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिने प्रहरी सहायक निरीक्षक निशान कुमार बिकले जानकारी दिनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |