२०८० मंसिर २५, सोमबार
कावासोती । कावासोती नगरपालिका वडा नम्बर १ मा चालु आर्थिक वर्षमा ५ करोड रुपैँया बढिका योजना संचालन हुँदै छन् । वडा भित्र पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास वन वातावरण तथा विपद व्यवस्थापन लगायतका विभिन्न क्षेत्रलाई लक्षित गरि बजेट विनियोजन गरिएको र सोही अनुसार काम गरिन वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो ।
कावासोती नगरपालिका वडा नम्बर १ यस्तो वडा हो जहाँ पहाडी क्षेत्र समेत पर्दछ । भौगोलिक रुपमा कावासोतीको बालुवा डाँडा ,ढोडे पहाडी क्षेत्र पर्ने हुँदा ति क्षेत्रलाई समेटेर विकासका काम गर्नुपर्ने वडालाई दायित्व रहेको छ । वडाको सबै क्षेत्रमा विकासको अनुभुति दिलाउन आवश्यक रहेकाले प्राप्त आर्थिक स्रोतलाई उच्चतम् प्रयोग गरि वडा भित्रको विकासका कामलाई अगाडि बढाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने वडा अध्यक्ष मियाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा वडामा करिब ५ करोड २७ लाख बजेटबाट विभिन्न योजना संचालन हुँदैछन् । वडा मार्फत पूर्वाधार विकास तर्फ ४८ लाख ७५ हजार बराबरका १४ वटा योजना संचालन हुँदै छन् । जस अनुसार झरना टोल हुँदै कैलाश चोक ठाकुराम रुम्बाको घरसम्म बाटो ग्रावेल, खयरघारी बाटो स्तरोन्नती, रिट्ठेपानी चोक देखी रिट्ठेपानी मन्दिर जाने बाटो स्तरोन्नती, खानेपानी ट्याङ्की अगाडिको बाटो स्तरोन्नती, बरकातिय मदरसा विद्यालय अपुरो भवन निर्माण, रामचेली टोल विकास बाटो पक्कि नाला निर्माण, स्याउली बाटो स्तरोन्नती, हात्तिखोर चोक देखी पूर्व क्याम्प जाने बाटोमा नाला निर्माण, साङ्ग्रीला चोक देखी रन बहादुरको घर सम्म नाला निर्माण, कल्भर्ट निर्माण, कोइलापानी टाँडी झाेलुङ्गे पुलजाने ओरालो बाटो निर्माण, महाराजा स्कुल पूर्व ग्रावेलगर्ने काम चालु आर्थिक वर्षमा संचालन हुने योजना रहेको वडा अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो ।
वडामा सडक वत्ति जडान, नवदुर्गा वन क्षेत्रमा शौचालय निर्माण, आवश्यक स्थानमा विजुलीको पोलको व्यवस्थापन, हेम पाइप राख्ने काम, कृषकलाई कृषि सामाग्री प्रदान, अनुदानमा कृषि बिउ,विजन प्रदान लगायतका काम समेत चालु आर्थिक वर्षमा संचालन हुने उहाँले बताउनुभयो । ११ लाख २५ हजार बराबरको बजेटबाट यि कामहरु संचालन हुनेछन् ।
वडामा अति विपन्नलाई खानेपानी धारा जडान तथा निशुल्क स्वाथ्य विमा, खेल क्षेत्रको विकास , महिला तथा वालवालिका पोषण कार्यक्रम सहित शिक्षा तर्फ तीनवटा विद्यालयमा आवश्यक कामगर्ने गरि बजेट विनियोजन गरिएको छ । ७ लाख ५० हजार बाट यि कामहरु संचालन हुनेछन् । वन वातावरण तथा विपद व्यवस्थापनका लागि ३ लाख ७५ हजार छुट्याइएको छ । यसबाट समेत केही काम हुनेछन् ।
स्वाथ्य केन्द्रलाई आवश्यक सामाग्री खरिद, हात्तिखोर चौतारी निर्माण लगायतका काम समेत चालु आर्थिक वर्षमा हुनेछन् ।
‘वडा भित्र गर्नुपर्ने धेरै काम छन्, हामी योजनावद्ध रुपमा लागेका छौ, क्रमश कामहरु हुँदै जानेछन्’ वडा अध्यक्ष तबारक अहमद मियाले भन्नुभयो ।
वडामा चालु आर्थिक वर्षमा नगर स्तरीय विभिन्न योजना समेत संचालन हुनेछन् । केरुङ्गे खोला समस्याका रुपमा रहेकाले यसो नियन्त्रणका काम समेत संचालन गरिने वडा अध्यक्ष मियाले बताउनुभयो ।
३ करोड २७ लाखको लागतमा वडा भित्र थप १७ वटा योजना यसैवर्ष सम्पन्न हुनेछन् । जस अनुसार केरुङ्गे खोला तटबन्धन रु ५०,००,०००, हात्तिखोर बस्ती संरक्षण रु ३०,००,०००, कोइलापानी सिंचाई नहर रु ६०,००,०००, लोकाहा खोला तटबन्धन रु।१२,००,०००, रिङ्गरोड रु ५०,००,०००,बरकतिया मदरसा रु १५,००,०००, गणेश मन्दिर हल निमार्ण रु १०,००,०००, बालुवा डाँडा ढोडे बाटो रु ५,००,०००, राम्चेली टोल नाला निमार्ण रु १०,००,०००,तिलाराम भुसाल घर अगाडी नाला रु ५,००,०००,शिवमन्दिर खानेपानी भवन निमार्ण रु ३५,००,०००, छहारी संगम खेलमैदान रु ५,००,०००, पोखरीताल पिकनिक स्पोर्ट रु २५,००,०००, वालुवा डाँडा भ्युटावर प्रखाल निमार्ण रु ५,००,०००, घुमाउरी बाटो स्तरउन्नती रु ५,००,०००, विजुली पोल रिठ्ठेपानी रु १,००,०००, कावासोती नगरपालिका क्रिश्चियन समुदायको प्रार्थाना घरका लागि रु ४ लाख विनियोजना गरिएको छ । चालु आर्थिक वर्षमा गर्नुपर्ने कामहरु अहिले धमाधम सुरु गरिएको वडा अध्यक्ष मियाले बताउनुभयो । समयमा सबै योजना सक्ने गरि आफूहरु लागेको र अहिले वडामा विभिन्न योजना सुरु भएको र केही सम्पन्न समेत भइसकेको उहाँको भनाई छ ।
वडामा रहेको लोकाहा भवानी मन्दिरमा ९ लाख र महाराजा मन्दिरमा १५ लाख बराबरको काम समेत हुनेछन् । नेपाल सरकारको केन्द्रिय बजेटबाट यहाँ काम हुनेछ।
वडा अध्यक्ष तबारक अहमद मियाका अनुसार शहरी शासकिय तथा पूर्वाधार आयोजना अन्र्तगत करिब १ करोडको लागतमा नाता निर्माण, तटबन्ध लगायतका कामसमेत संचालन हुनेछन् । जस अनुसार आधारभुत विद्यालय हात्तिखोर प्रखाल निमार्ण, जनकल्याण मा।वि। रिठ्ठेपानी प्रखाल निमार्ण , केरुङ्गे खोला तटबन्धन ,राम्चेली टोल देखी देवी चितौरेको घर अगाडी नाला निमार्ण ,लाफा चोक देखी राम्चेली टोल सम्म नाला निमार्ण ,झरना चोक भित्र कल्पना मल्लको घर अगाडी हुर्दै लाफा चोक जोड्ने बाटो नाला निमार्ण , शिवालय मन्दिर लोककल्याण टोल नाला निमार्ण ,बाबुलाल रुम्बा टोल नाला निमार्ण ,शान्तिटोल न्यु रोड नाला निमार्ण ,रन बहादुर रानाको घर अगाडी नाला निमार्ण ,हात्तिखोर सिचाई नहर पहिरो नियन्त्रण ,बुद्ध चोक देखी मिलन चोक सम्म नाला निमार्ण , घुमाउरी नाला निमार्ण लगायतका काम हुने वडा अध्यक्ष मियाले बताउनुभयो ।
कावासोती वडा नम्बर १ मा आफूहरु निर्वाचित भएर आएसँगै विकासका कामलाई सक्दो अगाडि बढाउन लागेको उहाँको भनाई रहेको छ । चालु आर्थिक वर्षमा संचालन हुने योजना निर्माण सम्पन्न हुँदा केही देखिने परिवर्तन आउने विश्वास गरिएको उहाँको भनाई छ । साथै आगामि दिनमा समेत वडाको समग्र विकासमा आफू लगायत आफ्नो टिम लागिपर्ने उहाँले बताउनुभयो । वडामा विकासका कामसँगै वडाबाट प्रदान गरिने सेवालाई समेत सेवाग्राही मैत्री बनाउन आफूहरुले ध्यान दिएको अध्यक्ष तबारक अहमद मियाले बताउनुभयो । जस अनुसार वडामा आउने सेवाग्राही जो कोहीलाई निशुल्क फोटोकपीको समेत व्यस्था गरिएको उहाँको भनाई छ ।
जनप्रतिनिधि भनेकको जनताकै काममा समन्वय गर्ने भूमिका रहेकाले यसैलाई आत्मसात गर्दै जनताका हरेक समस्यामा सँगै रहेर समाधानका लागि सबैसँग हातेमालो गर्दै आफू अघि बढ्ने वडा अध्यक्ष मियाले बताउनुभयो । वडाको विकासका लागि समेत सबैको सहकार्य उत्तिकै रहेकाले उहाँले सबैको सुझाव अनुसार अगाडि बढ्दै जाने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |