२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नगरपालिका वडा नम्बर ३ मा चालु आर्थिक वर्षमा संचालन गरिने कामलाई अगाडि बढाइएको छ । चालु आर्थिक वर्षमा वडा तथा नगरबाट विभिन्न योजनालाई रकम विनियोजन गरिएको र क्रमश कामहरु सुरु गरिएको वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा वडा भित्रका विभिन्न पूर्वाधार निर्माणका योजना सहित सामाजिक, शैक्षिक, स्वास्थ्य ,खेलकुद ,कृषि लगायत सबैलाई प्राथमिकता दिएर काम अघि बढाइने वडा अध्यक्ष गिरीले बताउनुभयो । वडामा कतिपय पूर्वाधार निर्माणका योजना अगाडि बढिसकेका छन् । र संचालनको क्रममा रहेका छन् । क्रमश सबै काम संचालन गरिने उहाँले बताउनुभयो ।
वडा नम्बर ३ मा रहेका साना बाटोलाई प्राथमिकता दिएर हाल मोजाइक टायल लगाउने काम संचालन भइरहेका छन् । वडा भित्रका ७ वटा बाटोमा यसवर्ष मोजाइक टायल लगाइने छ । गौतम बुद्ध मार्ग, देवी प्रसादको घर देखी लोकनाथ लामिछानेको घर, पे्रम पौडेलको घरको लाइन, भुपु सैनिक चोक पश्चिम, शहिद स्मृती स्कूल उत्तर पशुपति सुवेदीको घरको बाटो, परिवर्तन चोक र समृद्धि टोलमा मोजाइक टायल लगाइने काम सुरु भएको छ वडा अध्यक्ष गिरीले बताउनुभयो ।
यस बाहेक ग्रावेल र नाला मर्मतका लागि ३ लाख ५० हजार, विद्युतिय तार विस्तारका लागि ६ लाख, वृक्षारोपणका लागि १ लाख, शिवमन्दिर स्वास्थ्य चौकीमा मेस जाली लगाउन १ लाख , फोहर संकलनका लागि डस्बिन खरिद गर्न १ लाख विनियोजन गरिएको वडा अध्यक्ष गिरीले बताउनुभयो ।
कृषि तथा पशुपालन सम्बन्धि सिपमुलक तालिम , सरकारी स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलाहरुका लागि पोषण आहार वितरण, ज्येष्ठ नागरिक सम्मान ,आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामाग्रि वितरण, वडा भित्रका क्लब प्रर्वद्धन ,खेलकु प्रर्वद्धन लगायतका काम समेत वडाबाट गरिने वडा अध्यक्ष गिरीले बताउनुभयो ।
कतिपय कार्यक्रम सुरु भएका र केही सुरुहुन बाँकी रहेकाले क्रमश कामहरु अगाडि बढाउदै जाने उहाँले बताउनुभयो ।
वडामा यसै वर्ष नगर स्तरका समेत विभिन्न कार्यक्रमहरु संचालन हुने वडा अध्यक्ष गिरीले बताउनुभयो । वडा नम्बर ३ र ५ को सिमानामा २५ लाखको लागतमा पक्कि नाला निर्माण, शितलपार्क निर्माणका लागि ५ लाख, वडा भित्र रहेका विभिन्न गुम्बा र मन्दिरका लागि १२ लाख , २८ विगाहामा कभर्ड हल निर्माणका लागि १५ लाख, पूर्वाधार मार्फत बरचुली गुम्बामा १५ लाख बराबरको काम हुने वडा अध्यक्ष गिरीले बताउनुभयो । नगर स्तरबाट २५ लाखको लागतमा विभिन्न वाटोमा मोजाइक टायल लगाउने काम समेत हुने उहाँले बताउनुभयो । कतिपय काम शुरु भएको समेत वडाअध्यक्ष बताउनुभयो ।
वडा भित्रनै २८ विगाहामा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माणको काम अघि बढेको वडा अध्यक्ष गिरीले बताउनुभयो ।
वडाभित्रका योजनालाई समयमा सम्मपन्न गर्ने विषयमा आफूहरु लागेको उहाँको भनाई छ । वडालाई सेवाग्राही मैत्री बनाउन समेत आफूहरु लागेको उहाँको भनाई छ । वडा अध्यक्ष गिरीका अनुसार भाडाको घरबाट सेवा प्रवाहा गर्दै आएको वडा कार्यालयको नयाँ भवन शितल चोकमा निर्माण सम्पन्न गरि सो स्थानबाट सेवा सुरु गरिएको र वडामा आउने सेवाग्राहीलाई निशुल्क फोटोकपिको व्यवस्था समेत गरिएको उहाँको भनाई छ । वडामा विकासका काम देखी वडाबाट हुने कामलाई सेवाग्राही मैत्री बनाउने काममा आफूहरु लागेको वडा अध्यक्ष गिरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |