२०८१ बैशाख ३१, सोमबार
कावासोती । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज भएको निर्वाचनमा ४ हजार ८४१ मत खसेको छ । कावासोती नगरपालिका भित्र रहेका ६ वटा वडामा भएको मतदानमा ४ हजार ८४१ मत खसेको मुख्य निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो ।
कावासोती खानेपानीका लागि ७ हजार ३ सय २८ मतदाता रहेका थिए । यसको ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो । कावासोती खानेपानी संस्थाको सेवा क्षेत्र भित्र पर्ने वडाहरु २,३, ५,६ ,८ र ९ मा मतदान भएको थियो । आज भएको निर्वाचनबाट ११ सदस्यिय नयाँ कार्यसमिति चयन हुनेछन् । यसै गरि तीन सदस्यीय लेखा समिति समेत चयन हुने मुख्य निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो ।
स्थानीय निर्वाचनको झल्को दिने गरि आज उत्साहापूर्वक मतदान सम्पन्न भएको छ । कावासोतीमा रहेको यस खानेपानी निर्वाचनलाई स्थानीय तहको मिनि निर्वाचनका रुपमा समेत हेर्ने गरिएको छ ।
यसै बिच मतदान सम्पन्न भएसँगै मतपेटिका कावासोती खानेपानी कार्यालयमा ल्याइएको छ । अब सर्व दलिय बैठक बसेर मतगणना कसरी गर्ने कति बेला गर्ने भन्ने विषय निर्धारण गरिने मुख्य निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो । आफूहरु आजैनै मतगणनाको लागि तयार रहेको उहाँले बताउनुभयो । तर सर्वदलिय बैठकपछि प्राप्त सुझाव अनुसार गणनाको कार्यक्रम अघि बढ्ने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |