२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरको कावासोतीमा रहको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पुस १६ गते हुने निर्वाचनमा खटिने कर्मचारीलाई अभिमुखीकरण प्रदान गरिएको छ । १६ गते हुने निर्वाचनलाई व्यवस्थित बनाउन अभिमुखीकरण प्रदान गरिएको निर्वाचन समितिका संयोजक गणेश सापकोटाले बताउनुभयो । मतदानका दिन मतदान स्थल व्यवस्थापन, मतदान प्रक्रिया, मतपेटिका गणना स्थलसम्म ल्याउने योजना सहितको विषयमा अभिमुखीकरण प्रदान गरिएको उहाँले बताउनुभयो ।
मतदानलाई व्यवस्थित सहित आवश्यक सुरक्षा प्रबन्धका विषयमा जिल्ला प्रहरी कार्यालय प्रमुख भुवनेश्वर तिवारीले जानकारी गराउनुभएको थियो ।
१६ गते कावासोती नगरपालिका भित्रका ६ वटा वडामा ६ वटा मतदान केन्द्र र १३ वटा बुथ रहने जनाइएको छ । मतदान प्रक्रिया सञ्चालनका लागि ५४ जना कर्मचारी खटिने छन् । १६ गते हुने खानेपानीको निर्वाचनमा ७ हजार ३ सय २८ मतदाता रहेकाछन् । मतदान नजिकिँदै जाँदा उम्मेदवारहरु भने यतिवेला घरदैलोमा व्यस्त रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |