२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नगरपालिका ३ मा रहेको सिद्धार्थ आवासीय माध्यामिक विद्यालयले जुम्ल्याहा विद्यार्थी , अभिभावक र ज्येष्ठ अभिभावकलाई सम्मान गरेको छ ।
विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर मंगलबार एक औपचारिक कार्यक्रम गरि सम्मान गरिएको हो । १३ जना जुम्ल्याहा जोडी विद्यार्थीलाई टिसर्ट प्रदान गरि सम्मान गरिएको हो । भने , अभिभावकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै विद्यालयमा अध्ययनरत विद्यार्थीका ज्येष्ठ अभिभावक ( हजुरबुवा , हजुरआमालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रराज भुत्र्यालको अध्यक्षता तथा वडा नं. ३ का अध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यमामा कार्यक्रम भएको हो । कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीश ऋषि अधिकारी , ज्येष्ठ नागरिक मञ्च नवलपुरका अध्यक्ष षडानन्द जैशी , कोषाध्यक्ष योग प्रसाद शर्मा रिजाल , बौदीकाली गाउँपालिकाका पूर्व अध्यक्ष दुर्गा बहादुर राना , नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय अध्यक्ष कर्णेल धन बहादुर मास्की राना , साहित्यकार लिला मास्की राना , कृष्ण कुमारी शर्मा , कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भिमलाल कडेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल भोजराज दाहालले, समाजमा जिउँदो इतिहासका रुपमा रहेका ज्येष्ठ नागरिकहरूलाई विद्यालयले स्मरण गर्ने काम गरेको बताउनुभयो । तीन पुस्तालाई एकैठाउँमा भेला गरेर एकअर्काको अनुभव साट्न र ज्येष्ठ सदस्यको महत्व बारेमा विद्यार्थीहरूलाई जानकारी दिनका लागि पनि कार्यक्रम राखिएको बताउनुभयो । वार्षिकोत्सवका अवसरमा विगतमा भइराखेका कार्यक्रम भन्दा नयाँ केही गरौँ भनी यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले समुदायमा जुम्ल्याहा बच्चा जन्माउने कुरा दुर्लभ रहेको बताउँदै जुम्ल्याहा बच्चा जन्माउने अभिभावकलाई पनि सम्मान गर्नुपर्ने मनन गरि कार्यक्रम गरिएको बताउनुभयो । एउटा विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थीले अध्ययन गर्नुपनि दुर्लभ नै रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष डोरमान गिरीले विद्यालयले गरेको कार्यक्रम अलौकिक कार्यक्रम रहेको बताउनुभयो । उहाँले पछिल्लो समय शिक्षा सँगै संस्कार पनि त्यति नै आवश्यक रहेको बताउनुभयो । संस्कार प्रदान गर्न ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिकसंग भएका ज्ञानसीपलाई पुस्तान्तरण गर्न समेत आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले नेपाली भजन , नेपाली कला संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |