२०८१ श्रावण १२, शनिबार
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले अबको दुई महिनाभित्र बुटवलमा केवलकार सञ्चालनमा आउने बताएका छन् ।
बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार २ महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने बताएका हुन् । २ महिनामा भौतिक संरचना निर्माणपश्चात ३ महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले तिलोत्तममा आयोजना गरेको युवा उद्यमी सम्मेलनमा बोल्दै चन्द्रगिरि हिल्स प्रालिका अध्यक्षसमेत रहेका ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरुको चाप बढ्ने बताएका हुन् । उनले वसन्तपुर डाँडामा स्तरीयहोटलसहित कामेश्वर महादेव भगवानको मन्दीर पनि निर्माण गरिने बताए ।
अवको १० वर्षभित्रमा काठमाडौंको चन्द्रगिरि केवलकारजस्ता ७ वटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य आफ्नो कम्पनीले लिएको उनको भनाइ छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |