२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिकाले विकाससँगै रोजगारलाई जोड्ने गरि आयोजनाहरु संचालन गरेको छ । नगरपालिकाले नगर भित्रका १७ वटा वडामा श्रममुलक सार्वजनिक विकास निर्माण आयोजना संचालन गरेको हो ।
श्रमलाई जोडर विकासका निर्माणका काम गर्ने गरि रु. १२ करोड ६० लाख बराबरका ८७ वटा आयोजना छनौट गरि काम अघि बढाइएको नगरपालिकाका रोजगार संयोजक मुकुन्द सापकोटाले बताउनुभयो ।
नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्र्तगत श्रममुलक आयोजना छनौट गरि काम अघि बढाइएको उहाँले बताउनुभयो । नगरपालिका भित्रका १७ वटै वडामा श्रममुलक आयोजनाहरु छनौट गरिएको र त्यस्ता आयोजनामा नगरपालिकामा सूचिकृत बेरोजगार साथै उक्त आयोजनाका लागि सम्बन्धीत वडामा कामदार सूचिकरणमा नाम दर्ता गराएकालाई रोजगार प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षका लागि कावासोती नगरपालिकामा ८ सय ३ जना सूचिकृत बेरोजगार रहेका छन् । उहिहरुलाई समेत आवश्यक र क्षमता हेरी श्रममुलक आयोजनामा रोजगार प्रदान गरिएको छ ।
नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्र्तगत छनौट भएका श्रममुलक आयोजनाको कुल खर्चमा कम्तिमा ५० प्रतिशत श्रम तथा ज्यालामा खर्चगर्नुपर्ने रोजगार संयोजक सापकोटाले भन्नुभयो । ‘आयोजनाको लक्ष्यनै रोजगार श्रृजना गर्ने र सँगै विकास निर्माणका काम अघि बढाउने रहेको छ’ सापकोटाले भन्नुभयो ‘संचालन भएका आयोजनाबाट धेरैका लागि रोजगारको माध्यम बनेको छ ’
कोभिडसँगै धेरैले रोजगार गुमाएकाले सामान्यतय विकास निर्माणमा श्रममुलक रोजगारीको श्रृजना गर्दै त्यस्ता व्यक्तिको आर्थिक पुनरोत्थानका लागि यस प्रकारको आयोजना अघि बढाइएको उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकामा हाल छनौट भएका ८७ वटा आयोजनामा खोला तटबन्धन, नाला निर्माण, खानेपानीको पाइप लाइन विस्तार,सिँचाई कुलो निर्माण, पार्क निर्माण, सार्वजनिक भवन वरपर पर्खाल निर्माण लगायतका योजना रहेका छन् ।
नगरपालिका भित्रका विकास निर्माणका काम अघिबढाउँदै गर्दा रोजागरी समेतसँगै शिर्जना होस भनेर आफूहरुले यस्ता खालका आयोजना संचालन गरको कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभयो । विकास निर्माणका कामसँगै स्थानीय स्तरमा रोजगार शिर्जनालाई आफुहरुले प्राथमिकता दिएको नगर प्रमुख भुसालले बताउनुभयो । ‘नगरका योजनाहरु संचालन हुँदा स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने सके हाम्रो श्रम हाम्रै योजनामा प्रयोग हुन्छ, यसले एकातर्फ स्थानीय सरकार प्रतिको जनताको विश्वास बढ्छ, अर्कोतर्फ विकास निर्माणका कामसँगै अघि बढ्छन् ’ नगर प्रमुख भुसालले भन्नुभयो ।
नगरपालिकाले हाल १७ वटा वडामा छनौटमा परेका ८७ वटा आयोजनाहरु विभिन्न चरणमा काम अघि बढेको रोजगार संयोजक सापकोटाले बताउनुभयो । उहाँका अनुसार यि आयोजनामा खर्च हुने रकमको ५० प्रतिशत रकम कामगर्ने कामदारहरुले ज्याला बापत प्राप्त गर्नेछन् । यसले यस आयोजनामा काम गर्नेहरुको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |