२०८० मंसिर २५, सोमबार
कावासोती । कावासोती नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सञ्चालन गरेको सचेतना मूलक अन्तरकृया कार्यक्रम बुधबार समापन गरेको छ ।
बुधबार नगरपालिकामा वडा नं. १,२,४,५ र ६ नं. वडाका जनप्रतिनिधि र महिलाहरूबीच अन्तरकृया कार्यक्रम गर्दै कार्यक्रमको समापन गरेको हो ।
गत शनिबारदेखि सुरु गरिएको कार्यक्रम बुधबार समापन भएको हो । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण उपशाखाका प्रमुख शुसिला तिमिल्सिनाले सहजीकरण गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका बारेमा जानकारी प्रदान गर्नुका साथै लैङ्गिक हिंसा भनेको के हो ? किन हुन्छ ? कसरी न्यूनिकरण गर्ने , हिंसा भएमा कहाँ कसरी उजुरी गर्ने , घरेलु हिंसामा हुने सजायको व्यवस्था के कस्तो छ ? भन्ने बारेमा जानकारी प्रदान गर्नुभयो । त्यसमा पनि घरेलु हिंसा , यौनजन्य यातना , आर्थिक यातनाका बारेमा प्रस्ट पार्नुभयो । हिंसा भएमा प्रहरी कार्यालय , राष्ट्रिय महिला आयोग , स्थानीय तह पालिका र वडा समितिमा लिखित वा मौखिक दुवै रुपमा उजुरी दिन सकिने र पीडितले चाहेमा सोझै अदालतमा उजुरी दिन सकिने जानकारी दिनुभयो ।
नेपालमा महिला तथा बालबालिकामाथि हुने हिंसामा धेरैजसो पीडक नजिकै मान्छे हुने गरेको उहाँले बताउनुभयो । घर परिवार , श्रीमान बुवा दाजुभाइ र महिलाहरूबाट पनि हिंसा हुने गरेको उहाँले जानकारी दिनुभयो । स्कुल कलेजमा छात्र शिक्षक गुरु वर्गबाट , वनजंगल , बस , पानी पँधेरामा पुरुषबाट , अफिस , संस्थाहरूमा हाकिम, पुरुष सहकर्मीबाट हिंसा हुने गरेको उहाँले बताउनुभयो । सवारी साधनमा यात्रा गर्दा पनि पुरुषबाट महिलाहरू माथि हिंसा हुने गरेको उहाँले बताउनुभयो ।
लैङ्गिक हिंसा हुनुको कारणमा अशिक्षा , गरीबी , जनचेतनाको कमी , पितृसत्तात्मक सोच र विभिन्न कूप्रथाहरू रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र ( महिला सेल ) प्रमुख विन्दु विकले जिल्लामा वार्षिक रुपमा दर्ता भएका हिंसा र अपराधका घटनाहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
सहभागीहरूले समुदायमा देखेका हुँदै आएका विभिन्न हिंसाका बारेमा जानकारी गराएका थिए । भने , हिंसा न्यूनिकरणमा अबदेखि आफूहरूले पहल गर्ने बताएका थिए ।
नगर उपप्रमुख फूल कुमारी थनेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. दुईका अध्यक्ष शिव पाण्डे , ६ का अध्यक्ष यमबहादुर थापा लगायत विभिन्न सरोकारवाला निकायबाट सहभागिता जनाउनुभएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण उपशाखाका सहायक महिला विकास निरीक्षक सुभद्रा शर्माले सहजीकरण गर्नुभएको थियो ।
महिला बालबालिका तथा समाज कल्याण उपशाखाले गत शनिबार कावासोती १२ पिठौलीमा वडा नं ११ , १२ , १३ र ७ , आइतबार कावासोती १४ अग्यौलीमा वडा नं. १४ , १५ , १५ र १७ त्यस्तै सोमबार कावासोती १० मगरकोटमा वडा नं. ८ , ९ , १० र ३ का जनप्रतिनिधि तथा महिला र सरोकारवालासँग अन्तरकृया र छलफल कार्यक्रम सम्पन्न गरेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |