२०८० मंसिर २०, बुधबार
चितवन । नारायणी नदी किनारको जमिनलाई समथर बनाउने भन्दै फोहोरमैला राखेर त्यसलाई ढाकछोप गरिएपछि चौतर्फी विरोध सुरु भएको छ ।चितवन महोत्सव २०७९ को लागि भन्दै उद्योगबाणिज्य संघ चितवनले बजारको फोहरमैला नदी किनारमा गाडेर त्यसमाथि माटो पुरेपछि विरोधका आवाजहरु सार्वजनिक भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १ का वडा सदस्य मनोज घिमिरेले चितवनको महोत्सवको नाममा नारायणी नदी किनारको स्तरोन्नती गर्ने भन्दै फोहरमैला विर्सजन गरिएको भन्दै आपत्ती जनाएका छन् ।
जसरि हुन्छ नाफा कमाउन पर्छ भन्ने हेतुले उद्योग बाणिज्य संघ जस्तो संस्थाले यस्तो गैरजिम्मेवारी काम गर्नु पटक्कै हुदैन। सबै भन्दा पहिले त नारायणी किनारलाई डमपीङ साईट बनाउनु भनेको ईतिहास बोकेको नारायणगढ बजारसंगै नारायणीनदिलाई प्रदुषण गर्नु नै हो घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन् ।
बर्षा याममा नदी बढ्न जाँदा माटो वा बालुवा बगाउने र पुरिएको प्लाष्टिकजन्य पदार्थ नदीमा फोहोरको रूपमा तैरिरहने कुराको नजरअन्दाज गरिएको भन्दै उद्योगबाण्ज्यि संघलाई यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ । चितवनका संरक्षणकर्मी र सचेत युवाहरुले तत्काल यस्तो काम बन्द गर्न र नारायणी नदीको सरंक्षण गर्न आग्रह गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |