२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ ( एक प्रकारको सङ्क्रामक सरुवा रोग ) रोग देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि यहाँका किसान चिन्तित बनेका बनेकाछन् । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखिएपछि यहाँका किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका प्रमुख डा.ऋषभ गुरागाँईले बताउनुभयो ।
नवलपुरको देवचुली नगरपालिकामा रहेका गाईभैँसीमा यस रोगको बढि देखिएको छ । देवचुली नगरपालिका सहित ,गैंडाकोट , कावासोतीमा समेत गाईभैँसीमा रोग देखिएको छ । नवलपुरमा असोज महिना देखि फाट्टफुट्ट ‘लम्पि स्किन ’ रोग देखा परेकोमा अहिले जिल्लाका विभिन्न पालिकामा फैलिएको उहाँले बताउनुभयो । देवचुली नगरपालिकामा गाईभैँसीमा यो रोगको अवस्था भयावह रहेको उहाँको भनाई छ । जिल्लाका विभिन्न स्थानमा रोग फैलिदै गएको कार्यालय प्रमुख गुरागाँईले बताउनुभयो ।
‘असोजमा केही फाट्टफुट्ट देखिएको थियो, अहिले जिल्लाका विभिन्न पालिकामा फैलिएको छ, देवचुलीमा गाईभैँसीमा यो रोगको अवस्था भयावह रहेको छ’ कार्यालय प्रमुख गुरागाँईले भन्नुभयो ‘प्रत्यक गोठमा पुग्दा हरेक गोठमा संक्रमण भएको अवस्था छ ।’
देवचुली नगरपालिकाको १३ वटा गोठमा नमूना लिँदा ७० प्रतिशतमा यो रोगको संक्रमण देखिएको उहाँले बताउनुभयो ।
गाईभैँसीमा ‘लम्पि स्किन ’ रोग लागेमा जरो आउने, झोक्राउने, खाना नखाने, दुधालु पशुमा दूध एकदमै धेरै घटेर जाने, ज्यानभरि खटिरा आउने र एक÷ दुई प्रतिशत सम्म पशुहरूको मृत्यु हुने गरेको कार्यालय प्रमुख गुरागाँईले बताउनुभयो ।
किर्ना, भुसानाहरु बाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको उहाँले बताउनुभयो । रोग विरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको गुरागाँईले बताउनुभयो । ‘ रोगका लागि खोप उपलब्ध नहुँदा थप समस्या भएको छ, सरकारले खोप खरिदको निर्णय गरिसकेको छैन्, संक्रमण देखिएको पशुलाई छुट्टाएर राख्ने, सरसफाइ गर्नु, किर्ना,लामखुट्टे, भुसुनाको नियन्त्रण रोग नियन्त्रणको उपाय हो ’ उहाँले भन्नभयो ।
‘लम्पि स्किन’ गराउने बिभिन्न प्रकारका भाइरस हुने हुँदा र प्रकृति पनि फरक देखिने भएकाले खोप प्रयोगको विषय पनि ग्राहो हुने प्रमुख गुरागाँईले बताउनुभयो । लम्पि स्किन रोगको नियन्त्रणका लागि जैविक सुरक्षालाई ध्यान दिन, रोगी पशु छुट्याइ राख्न र गोठको सरसफाइमा ध्यान दिन उहाँले पशुपालक किसानलाई आग्रह गर्नुभयो ।
गाईभैँसीमा देखा परेको ‘लम्पि स्किन’ रोग फैलिएपछि केहिदिन अघि मात्रै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका प्राविधिक सहितको टोलीले नवलपुरमा रोग प्रभावित गोठहरुको अनुगमन गरेको छ । अनुगमन पश्चात जिल्लामा क्षतिको विवरण संकलन गर्ने काम अघि बढाउने र नियन्त्रणका उपायका बारेमा पशुपालक किसानलाई सचेत गराउने विषयमा छलफल भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख गुरागाँईले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |