२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा एक पुरुषको शव फेला परेको छ । कावासोती नगरपालिका –१३, स्थित माछा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
शव कावासोती –१३, निवासी ७१ वर्षीय दीर्घ नारायण थनेतको रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । शुक्रबार दिउँसो घरबाट निस्किनु भएका थनेतको शव आफ पोखरीमा डुबेको अवस्थामा फेला परेको हो ।
स्थानीयले पोखरी छेउमा चप्पल देखेपछी खोजी गर्दा पोखरीमा शव फेला परेको प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको उहाँले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाठकले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |